सिन्धुली जिल्ला साबिक परेबाडाडा झाङाझोली गाबिस वडा न.४ मा सामान्य परिबारमा २०३० साल जेष्ठ १५ गते जन्मी ३ कक्षा सम्मको प्रारम्भिक अध्ययन गरि २०३७ सालमा सर्लाही जिल्ला साबिक हरिवन गाबिस वडा न.२ मा बसाइँसराइ गरि आएका थियौ । कक्षा ४ देखि ५ कक्षासम्म महादेब जनता माबि स्कुलमा पढी ६ कक्षा देखि हाल लालबन्दी नपा-२ स्थित नबजीबन बिध्याश्रम जुट्पानीबाट २०४५ सालमा एस.एल.सी. उत्तीर्ण गरे । अध्ययनको सिलसिलामा २०४६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस बीरगन्जमा भर्ना भई २०५१ सालमा आई.कम.पास गरे। तेसैबेला देखि अनेरास्ववियुमा आबद्ध भएको थिए । २०४६ सालको जन-आन्दोलनको समयमा पर्चा,पम्प्लेट वितरण गरि वालिङ् समेत गरेको थिए । त्यसपछि जिल्ला फर्की तत्कालीन हरिवन गाउँ कमिटीको सचिब भई कार्य अघि बढाएको थिए ।अध्ययनलाई अघि बढाउने क्रममा मानबिकी र सामाजिक शास्त्रमा श्री चतुर्भुजेश्वोर जनता क्याम्पस,सुखेपोखरी,सर्लाहीबाट २०६१ सालमा स्नातक उत्तीर्ण गरि कलाचार्य मानबिकी र समाजशास्त्रमा २०७१ सालमा सिन्धुली बहुमुखी क्याम्पस,सिन्धुलीबाट मास्टर्स पास गरे।सामाजिक कार्यलाई अघि बढाउने क्रममा २०५३/०६/०९ गते तत्कालीन जिल्ला शिक्षा कार्यालय,सर्लाहीले मजमाबि,हरिवनको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मनोनीत गरेको थियो र ३ बर्ष कार्य गरेको थिए ।२०५० सालदेखि पत्रकारिता तर्फ पनि चासो राखि २०५१ साल बैशाख १गतेदेखि छलफल साप्ताहिकमा सर्लाही जिल्ला प्रतिनिधिको रूपमा कार्य गरेको थिए । साथै २०५३/१०/१२ गते सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाही शाखाको प्रथम जिल्ला अधिबेशनबाट केन्द्रीय पार्सदमा निर्बाचित भएको थिए । साथै मानबअधिकारको रक्षा र सम्बर्द्धनको क्षेत्रमा क्रियासिल इन्सेक संस्था २०५७ सालदेखि आबद्ध रहि २०७१ सालसम्म सर्लाही जिल्ला प्रतिनिधिको रूपमा कार्य गरेको थिए ।