१. अध्ययन: क. प्राथमिक तह: श्री सरस्वती निम्न माध्यमिक विद्यालय बलाैटे मत्स्यपाेखरी हाल चिचिला ४ सङ्खुवासभा ख. निम्न माध्यमिक तह: श्री सरस्वती माध्यमिक विद्यालय माल्टा गाविस हाल खादबारी ५ सङ्खुवासभा ग. माध्यमिक तह: श्री हिमालय माध्यमिक विद्यालय खादबारी १ सङ्खुवासभा । घ. क्याम्पस तह: आइए र वि.ए. तहकाे अध्ययन श्री वरुण बहुमुखि क्याम्पस खादबारी सङ्खुवासभा र स्नातकाेत्तर तहकाे अध्ययन श्री धनकुटा बहुमुखि क्याम्पस धनकुटा । सानै उमेरदेखि विद्यार्थी सङ्गठनकाे राजनीतिमा सामेल भएर नेकपा एमालेकाे सस्थापन धारमा शुरुवातदेखि हालसम्म नै क्रियासिल रहदै आएकाे ।
१. २०३९ सालमा हिमालय मा.वि. खादबारीमा अध्ययनरत क.चन्द्र गुरुङ र क. गोपाल राई लगायतका विद्यार्थीहरुको प्रगतिसिल सास्कृतिक कार्यक्रम स्थल खानपा ५ माल्टा दोभानको घर(हाम्रो घर) सुरक्षित हुने गरेकाले सोही कार्यक्रमहरुदेखि नै प्रभावित हुँदै आएको ।
२.खानपा ३ निवासी मित काका खड्गबहादुर माङमायाली गुरुङ मार्फत सम्पर्कमा रहेर २०४५ सालमा श्री हिमालय मावि खादबारीमा गठन भएको अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य, २०४६ मा अध्यक्षमा निर्वाचित भएको ।
३. २०४७ सालमा अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको सदस्य, २०४८ पश्चात २ पटक जिल्ला कमिटीको अध्यक्ष, कोशी अञ्चल कमिटीको सदस्य, उपाध्यक्ष र अध्यक्षमा निर्वाचित भएको ।
४. दशौं राष्टिय सम्मेलनबाट लगातार सहभागी हुँदै राष्टिय परिषद सदस्यमा जिम्मेवारी सम्हाल्दै १४ औं राष्टिय सम्मेलनबाट २०५५ भाद्र २९ गते केन्द्रीय अध्यक्ष क. हिक्मत कार्की अध्यक्ष रहेको कमिटीको सदस्यमा निर्वाचित भएर एक कार्यकाल पुरा गरी १५ औं राष्टिय सम्मेलनबाट विद्यार्थी संगठनबाट विदा लिएको ।
५ युवा संघ नेपाल जिल्ला कमिटी संखुवासभाको अध्यक्ष क. चेवनचन्द्र बस्नेत अध्यक्ष रहेको कमिटीको कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालेको ।
६. नेकपा एमालेको संगठित सदस्यता २०४८।९।९ मा प्राप्त गरेको । सदस्यता नम्बर १७३०१ रहेको ।
७. २०५१ सालमा नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको सचिव क. नेत्रप्रसाद गौतम रहेको कमिटीले पहिले बैकल्पिक सदस्य र पछि २०५२/१०/१८ मा नेकपा एमाले जि.क. मा सदस्यमा मनोनयन ।
८. २०५३ सालमा खाँदबारी नगर कमिटीको प्रथम अधिवेशनले सचिव(कमिटी प्रमुख) मा निर्वाचित गरेको थियो ।
९. २०५१ साल पश्चातका सबै जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्यमा मनोनयन हुँदै आएको ।
१०. २०६९ पौष १,२ र ३ मा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटीको सचिव पदमा निर्वाचित भएर क्रियासिल रहदै आएको ।
११. नेकपा(एमाले) र नेकपा(माके) एकिकृत भएर २०७५ जेठ ३ गते पश्चात गठित नेकपा जिल्ला कमिटी सङखुवासभाको कार्यालय सदस्यको जिम्मेवारी बहन गरेको ।
१२. २०७७ पौष ९ गते क. के.पी. शर्मा ओली अध्यक्ष रहेको नेकपाको केन्द्रीय सदस्य पदको सपथ ग्रहण बालुवाटारमा लिएको । सङ्खुवासभा जिल्लाको सम्योजक तोकिएको ।
१३. २०७७ फाल्गुण २३ गतेको सर्वाेच्च अदालतको फैसलाले नेकपालाई साविक पार्टीहरुकै हैसियतमा पुर्याएर नेकपा(एमाले) लाई पुनर्जिवित गरिदिए पश्चात मिति २०७८/६/३ गते आयोजित साविक जिल्ला कमिटी, नेकपाको निरन्तरताका क्रममा एमालेमा नै रहनु भएका माओवादी केन्द्र समर्थित नेता कार्यकर्ताहरु र माधव नेपाल क्याम्पतिर रहेतापनि पार्टी एकताकै पक्षमा रहनु भएका कमरेडहरुको जिल्ला भेलाले पार्टी एकताका लागि जारी गरिएको १० बुँदे प्रस्ताव अनुसार पुन जिल्ला कमिटीको सचिव पदमा जिम्मेवारी बहन गर्न थालियो ।
१४. २०७३ साल पश्चात सस्थापनधारको निरन्तर नेतृत्व गर्दै आएको ।
१५. २०७८ पौष २६ र २७ गते खादबारीमा आयोजित आठौ जिल्ला अधिवेशनबाट पुन जिल्ला कमिटीको सचिव पदमा सर्वसम्मतिमा घोषित भएर हालसम्म क्रियासिल रहेको ।