detail-img

‘देशको रक्षाका लागि एमालेलाई बहुमत’ 

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले आगामी निर्वाचन देशको रक्षासँग गाँसिएको वताउनुभएको छ । 
नेता श्रेष्ठले नेपालको हराएको, मिचिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउने राष्ट्रिय अभिभारा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारले मात्र पूरा गर्नसक्ने हुँदा आगामी निर्वाचनमा एमालेलाई बहुमत दिई विजयी बनाउन मतदातालाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) देशको विकास र जनताका समस्या समाधानका लागि स्पष्ट दृष्टिकोण, नीति, कार्यक्रमका साथ अगाडि बढिरहेको कुरा घोषणापत्रमा गरिएको २० ग्यारेन्टीबाट स्पष्ट हुने वताउँदै ति विषय कार्यान्वयन गरी देशको मुहार फेर्नका लागि एमालेलाई विजयी बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 
आज काठमाडौं निर्वाचन क्षेत्र नं. ९ को निर्वाचन परिचालन कार्यालय उद्घाटन तथा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नेता श्रेष्ठले अध्यक्ष ओलीको नेतृत्वमा एमालेको सरकार गठनका लागि उपत्यकाबाट पनि एमालेलाई धेरै भन्दा धेरै स्थानमा विजयी बनाउन आग्रह गर्नुभयो । 
उहाँले संसदीय निर्वाचनमा आफ्नो उम्मेदवारी यो अन्तिम भएको घोषणा गर्दै सूर्यचिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो । नेता श्रेष्ठले अपुरा विकास योजना पूरा गर्नका लागि अन्तिम पटक आफू उम्मेदवार भएको स्पष्ट गर्नुभयो । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य र काठमाडौं निर्वाचन क्षेत्र नं. ९(१) का एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार हरिकृष्ण डंगोलले पनि सूर्यचिन्हमा मतदान गरी नेकपा (एमाले) का उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो । 
प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. ९(२) मा एमालेबाट केशव पोखरेल उम्मेदवार हुनुहुन्छ ।    
सबै सडकलाई धुलो र हिलोमुक्त बनाइने 
प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरिएको छ । 
प्रतिबद्धतापत्रमा कलंकी–नागढुंगा सडक खण्डको विस्तारित लेनलाई सहज गर्न बल्खु खोलामा थप पक्की पुल बनाइने, कलंकी–नागढुंगा, कलंकी–भीमढुंगा–धादिङ्ग, फस्कूचोक–नर्सरी, भन्ज्याङ्ग–स्युचाटार नर्सरी, नर्सरी भन्ज्याङ्ग–स्वीजरल्याण्ड पार्क,  तीनथाना–मच्छेगाउँ  सडक लगायतका रणनीतिक सडकहरुको विस्तार तथा स्तरोन्नति गरिने  उल्लेख छ । 
आर्थिक सामाजिक अन्तर्गत दहचोक कालु पाण्डे समाधि–कंकाली–नर्सरी–थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौंला  पदयात्रा  मार्ग  र  सो  मार्गमा  आवश्यक  पर्यटकीय  पूर्वाधार सञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइने उल्लेख गरिएको छ । 
छिमेकी धादिङ्ग जिल्लाका ग्रामीण क्षेत्रका उत्पादन मुख्य शहरी क्षेत्रमा उपभोगका लागि गाउँ–शहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने, सघन करेसाबारी खेती, कौसी खेतीलाई प्रबद्र्धन गरिने भएको छ ।  
प्रतिबद्धतापत्रमा वैदेशिक  रोजागारीबाट  फर्केका  जनशक्तिलाई  अत्याधुनिक  कृषि परियोजनामा संलग्न गराउन युवा कृषि उद्यमी अनुदानको व्यवस्था गर्ने, परम्परागत कपडा बुन्ने हातेतानको उत्पादनको बजार व्यवस्था गरी वातावरण सिर्जना गर्न पहल गर्ने उल्लेख छ । 
सांस्कृतिक संरक्षण अन्तर्गत ऐतिहासिक  बलम्बु  गाउँलाई  सम्पदा बस्ती,  काठमाडौं  महानगरका १२, २१ र २२ वडाहरुलाई सम्पदाको नगरको रुपमा विकास गरिने , चन्द्रागिरी र नागार्जुन नगरमा एक÷एकवटा नमुना काँठे गाउँको निर्माण गरी होमस्टे सञ्चालन गर्ने, नेवाः सभ्यता, जात्रापर्व, दाफा बाजां खल, गुथि, भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याइने योजना प्रतिबद्धता पत्रमा छ ।  
चन्द्रागिरि  र  नागार्जुन  नगरपालिका  क्षेत्रमा  रहेका  तामाङ्ग  जातिको संस्कृति प्रवद्र्धन गर्न “तामाङ्ग साँस्कृतिक केन्द्र स्थापना” गर्ने,  जम्मुदीप (टेकू दोभान) को गुरुयोजना निर्माण गरी संरक्षणको कार्यक्रम अगाडि बढाइने, धरहरा सुन्धारा परिसरमा स्थानीय माग अनुसार सामाजिक पूर्वाधार निर्माणमा जोड दिने उल्लेख गरिएको छ । 
सीम क्षेत्रको संरक्षण गर्दै घट्टे खोला, बाख्रे खोला, डौडाली खोला, सिस्ने खोला लगायत जंगलका फेदमा पानी संकलन केन्द्र तथा रिचार्ज केन्द्र निर्माण गरी तल्लो तटका पानीका स्रोत संरक्षण गर्ने योजना रहेको छ ।  
सहरी क्षेत्रभित्र सामुदायिक आकासे पानी संकलन केन्द्र (रेन वाटर हार्भेष्टिङ्ग योजना) लागू गरिने, विष्णुमती नदी कोरिडोर, बल्खु खोला (ईन्द्रमती) कोरिडोर, मनमती कोरिडोरमा मर्यादित वैकल्पिक यात्राको प्रबन्ध गर्ने, हिंसापीडित महिलाहरुका लागि मुद्दाको किनारा नलागेसम्म उनीहरुका लागि महिला सेवा पुनःस्थापना केन्द्र स्थापना गर्ने, युवालाई रोजगारी खोज्ने भन्दा रोजगारी सर्जकका रुपमा तयार गर्न अनिवार्य युवा उद्यमशीलता कार्यक्रम लागू गर्ने उल्लेख गरिएको छ । 
त्यसैगरी पोखरी, फल्चा, मठमन्दिर, पीठ  र  घाटहरुको  अध्ययन,  संरक्षण, जीर्णोद्वार, पुनर्निमाण तथा प्रबर्द्धन गर्ने , नेपालकै महत्वपूर्ण धार्मिक, सांस्कृतिक एवम् राष्ट्रिय सम्पदाका दृष्टिले महत्वपूर्ण मठमन्दिर, बहाल, चैत्य र पीठहरूको परिचय पुस्तिका तथा अडियो भिडियो  सामग्री  तयार पारी  पर्यटकीय  आकर्षणको  अभिवृद्धि गरिने उल्लेख छ । 
चन्द्रागिरी र नागार्जुन नगरपालिकाको समदरीमा पर्ने गरी एक नागरिक अस्पतालको निर्माण गर्न पहल गर्ने, १२  कक्षा  सञ्चालनमा  रहेका  यस  क्षेत्रका  सामुदायिक विद्यालयहरुको  स्तरोन्नति  गर्दै  स्नातक  र  स्नातकोत्तर  तहसम्मको अध्यापन केन्द्रको रुपमा क्रमशः विकास गर्ने एक निर्वाचन क्षेत्रमा दुई खेलकूद स्थल निर्माणाधीन नैकाप फुटवल मैदानको  स्तरोन्नति  तथा  हसन्टार  फुटबल/क्रिकेट  मैदान  निर्माण कार्यलाई अगाडि बढाइने उल्लेख छ ।