detail-img

ज्येष्ठ नागरिकको सम्मान

पोखरा । नेकपा (एमाले) को मिसन ग्रासरूट अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ वडा कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रम घान्द्रुकमा सम्पन्न भएको छ । 
पार्टीका सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएकी कल्पना चापागाईं, केन्द्रीय सल्लाहकार सदस्य देवी सुवेदी, प्रदेश सचिवालय सदस्य दीपक पौडेल, पालिका अध्यक्ष विवेक देवकोटा, सिर्जना केसी, खरमाया विटालु, सन्तु सुवेदी लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो । 
प्रशिक्षणको क्रममा सचिव अर्यालले आगामी वैशाखपछि सत्ता समीकरण फेरबदल हुने र देशको भलो चिताउने सरकार गठन हुने धारणा राख्नुभयो । 
पर्वत 
त्यसैगरी पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ मा सचिव पद्मा अर्यालकै प्रमुख आतिथ्यमा अभियान सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सचिवालय सदस्य भक्त कुँवर, हिरा शर्मा र नेकपा –एमाले) पर्वत जिल्ला कमिटीका उपसचिव विमल लामिछाने लगायतको उपस्थिति थियो ।
यसैगरी मिसन ग्रासरुटका कार्यक्रम पर्वत जिल्लामा पनि तीव्र रूपमा अगाडि बढिरहेको छ । एमाले जिल्ला कमिटिको बैठकले गरेको निर्णय बमोजिम भूगोलमा संगठनका गतिविधिहरू सञ्चालन भइरहेको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिनुभयो ।
पहाडीका अनुसार अहिलेसम्म सवै पालिकाहरूमा पालिकास्तरीय कार्यक्रमहरू सम्पन्न भई वडा र वस्तीस्तरमा छलफल, बैठक र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पार्टी सदस्यता नवीकरण र संगठन सुदृढीकरण कार्यक्रम पनि सञ्चालन भइरहेको छ । 
नवलपुर
नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाको वडा नम्बर १ र १० मा पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जमिन्द्रमान घलेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा पार्टी सदस्यता नवीकरण, समाजिक आर्थिक रूपान्तरणमा एमालेले खेल्नुपर्ने भूमिका लगायतका बिषयमा केन्द्रीय सदस्य घलेले आफ्ना विचारहरू राख्नुभएको थियो ।
लमजुङ 
मिसन ग्रासरुट अन्तर्गत २०७९ चैत २ गते सुन्दरबजार नगरपालिकाको पैरेमा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
नेकपा (एमाले) लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको उपस्थितिमा बैठक सम्पन्न भएको हो । वडा कमिटीका अध्यक्ष चञ्चल गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश कमिटी सचिवालय सदस्य राजकुमार श्रेष्ठ, जिल्ला कमिटी सचिव सुवास पौडेल, सचिवालय सदस्यहरू राजेन्द्र बोहोरा, लोकराज पाण्डेलगायतको उपस्थिति थियो । बैठकले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता प्रदान, टोल कमिटीको बैठक बस्ने योजनाहरू बनाएको छ ।