detail-img

अध्यक्ष ओलीद्वारा मानवता विरोधी प्रवृत्तिका विरुद्ध एकजुट भएर लाग्न आह्वान 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचविखन तथा ओसारपसार विरुद्ध सचेतना र सक्रियताका लागि सबैमा हार्दिक आह्वान गर्नुभएको छ । 
मानव बेचविखनविरुद्धको १७औं राष्ट्रिय दिवस (भदौ २०)का अवसरमा आज सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव बेचविखन तथा ओसारपसार गर्ने मानवता विरोधी प्रवृत्तिका विरुद्ध एकजुट भएर लाग्न आह्वान गर्नुभएको हो । 
उहाँले नेकपा (एमाले) सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाई गरेको पार्टी भएको उल्लेख गर्दै सन्देशमा मानव बेचविखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा पार्टी निष्ठापूर्वक समर्पित रहेको जनाउनुभएको छ । 
अध्यक्ष ओलीको सन्देशको पूर्णपाठ यस प्रकार छः