detail-img

माओवादी केन्द्रको हेटौडा उपमहानगरकी अध्यक्ष पाण्डे एमालेमा 

काठमाडौं । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
आज दिउँसो भक्तपुरस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे पार्टी प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
उहाँले देशमा नेकपा (एमाले) मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।