detail-img

कञ्चनपुर जिल्ला कमिटीको अध्यक्षमा लक्ष्मी बुढा 

काठमाडौं । नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीको नवौं अधिवेशन लक्ष्मी बुढाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै सोमबार राती सम्पन्न भएको छ । 
अधिवेशनले अध्यक्षमा बुढासहित पाँचैजना पदाधिकारी सर्बसम्मत निर्वाचित गरेको हो ।

 
सो अनुसार जिल्ला कमिटीको उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट र दुई जना उपसचिवमा अशोक चन्द र राजिव खड्का निर्वाचित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सोमबार राती नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएको थियो ।