पद्‍मा कुमारी अर्याल
पद्‍मा कुमारी अर्याल
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

पद्मा कुमारी अर्याल एक नेपाली कम्युनिष्ट राजनीतिज्ञ, स्यांगजा क्षेत्र नं २ बाट प्रतिनिधि सभाको सदस्य तथा नेकपा एमालेको केन्द्रीय सचिब, यस अघि वहाले कृषि तथा पशुपन्छी बिकास मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रहि लामो समय कार्य सम्पादन समेत गरि सक्नुभएको छ ।

वि.सं. २०७४को सङ्घीय व्यवस्थापिकाको निर्वाचनमा नेकपा एमालेको स्याङ्जा–२ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवारी दिनुभएको हो । उहाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई ३ हजार ५ सयभन्दा बढी मतले पराजित गर्दै विजयी हुनुभएको हो । उहालाई ३५ हजार १४२ मत प्राप्त हुदा श्रेष्ठलाई ३१ हजार ४३६ मत प्राप्त भएको थियो । उहा वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा जनताको प्रत्यक्ष मतदानबाट संसदमा निर्वाचित हुने मात्र आठ जना महिलाहरू मध्ये एक हुनुहुन्छ ।

पार्टीका श्रदय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमा भूमि व्यवस्था तथा गरीवी निवारण मन्त्री रहदा उहाले सफल्ता पूर्वक इतिहासिक कदम चाल्दै नेपालको नक्सामा छुटाइएको नेपालको भुमी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गर्नुभयो । आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरी घोषणा गर्ने इतिहासको काम समेत उहाकै कार्यकालमा सम्पन्न भयो । देशको बिभिन्न क्षेत्रमा अतिक्रमण भएको जग्गा सरकारकै नाम मा फिर्ता ल्याउने काम भयो । डिजिटल मालपोतको अबधारणाका साथ मालपोत तथा नापिका कागजात डिजिटल प्रणालीमा ल्याई सुधार गर्नुभयो ।

२०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहदै २०७०मा देश भरिबाट एमालेको पहिलो महिला निर्वाचित जिल्ला अध्यक्ष हुनुभयो । एमालेको स्याङ्जा जिल्ला अध्यक्ष हुँदा पार्टी विस्तारका लागि खेलेको भूमिका, भूगोलको राजनीतिमा भिजेको पृष्ठभूमि र सरकारमा रहँदा गरेको कामका कारण आज सफल राजनीतिज्ञका रुपमा चिनिनुहुन्छ । उहाको जीवनको ३८ वर्षको राजनीतिक यात्रामा अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु) मा, पार्टी जिल्ला कमिटी, अञ्चल कमिटी र केन्द्रीय कमिटीमा विभिन्न महत्वपूर्ण राजनीतिक जिम्मेवारी सम्हाल्नुभएको हो ।
विगत चार दशकदेखि विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहभागी हुदै सन् १९७० को पञ्चायती शासनकालमा ऐतिहासिक झापा आन्दोलनमा सहभागी हुनुभयो । देशभक्ति जगाउनका लागि कालापानी सम्मको मार्चपासमा संलग्न हुनुभयो । सन् १९९० र २००६/०७ को लोकतान्त्रिक आन्दोलनमा पानी उहाको उपस्थिति थियो ।

सार्वजनिक/ राजकीय भूमिका

पत्र पत्रिकामा

भिडियो

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com