माधवप्रसाद ढुंगेल
माधवप्रसाद ढुंगेल
पार्टी कमिटी संलग्नता
  • सचिव- केन्द्रीय संगठन विभाग
  • ईन्चार्ज- विद्यार्थी विशेष जिल्ला कमिटी
  • ईन्चार्ज - युवा विद्यार्थी विशेष जिल्ला कमिटी
  • ईन्चार्ज- पेशागत जिल्ला कमिटी
  • ईन्चार्ज - अनेरास्ववियु र यस सम्वद्द संघसंगठनहरु
  • ईन्चार्ज - मिसन ग्रासरुट- सिन्धुपाल्चोक (मेलम्ची, हेलम्वु र पाँचपोखरी)
  • नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य (२०७१ देखि हालसम्म
  • ईन्चार्ज- मिसन ८४ part-2 रामेछाप(रनमेछाप, मन्थली, खाँडादेवी, दोरम्बा र सुनापती)
  • नेकपा एमाले विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष (२०७०-७१)
  • अनेरास्ववियु -केन्द्रीय कमिटी-अध्यक्ष तथा संयोजक- २०६७-२०७० (३ वर्ष- शैक्षिक सम्लेलन, नीति तथा विधान अधिवेशन, मुुुल्यवृद्दी विरोधी आन्दोलन, विज्ञान तथा प्रविधि प्रदर्शनी आदि आादि)
  • अनेरास्ववियु -केन्द्रीय कमिटी-महासचिव- २०६५-२०६७(२ वर्ष)
  • अनेरास्ववियु -केन्द्रीय कमिटी-सचिव:- २०६३-२०६५ (२ वर्ष- अभियान र समग्र विद्यार्थी आन्दोलनको नेतृत्व गरेको)
  • अनेरास्ववियु -केन्द्रीय कमिटी-सचिवालय सदस्य:- २०६१- २०६३ (२ वर्ष - अनुशासन अनुगमन विभाग प्रमुख- महाकाली, सेती र मेचीमा अभियानको नेतृत्व गरेको)
  • वागमती अञ्चल कमिटी -संयोजक/अध्यक्ष- २०५९-२०६२ (३ वर्ष)
  • केन्द्रीय कमिटी - सदस्य:- २०५७-२०६१ (४ वर्ष -संगसँगै वागमती अञ्चलमा नेतृत्व प्रदान गरेको)
  • अनेरास्ववियु -वागमती अञ्चल कमिटी -कोषाध्यक्ष- २०५७-२०५९ (२वर्ष)
  • अनेरास्ववियु -नेपाल ल क्याम्पस कमिटी सचिव र अध्यक्ष दुवै पदको जिम्मेवारी सम्हालेको -२०५५-२०५८ (३ वर्ष-अन्चल सदस्य र क्याम्पस कमिटीको नेतृत्व संगसंगै)
  • वागमती अञ्चल कमिटी -सदस्य- २०५४- २०५७ (३ वर्ष)
  • नेकपा एमाले पकरवास गाउँ कमिटी सचिव -२०५१-५५
  • रामेछाप जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष-२०४८-२०५५
  • श्री प्रयागेष्वर माविको स्कुल प्राक सदस्य, सचिव -२०४७-२०४९ अनेरास्ववियु
संक्षिप्त जानकारी

वुवा :वोधराज ढुंगेल र आमा:लक्ष्मी ढुंगेलका तिन सन्तान (एक छोरा र दुइ छोरी) मध्ये जेष्ठ सन्तानको रुपमा २०३४ असोज ५ गते मेरो जन्म भएको थियो । मेरो वुवा २०६३ सालमा फोक्सोको क्यान्सर भएर वित्नु भयो । सामान्य हुलाकी वुवा र नितान्त गृहिणी आमाको सन्तानको रुपमा जन्म लिएर मैले गाउँकै स्कुलवाट एसएलसी पास गरेर क्याम्पस पढ्न महेन्द्रमोरङ क्याम्पस विराटनगर पुगेको थिएँ । अंग्रेजी, गणीत र अर्थशास्त्र लिएर आर्टस पढेको, पछि नेपाल ल क्याम्पसवाट वि एल पास गरी अधिवक्ताको लाईसेन्स लिएको छु । पाटन संयुक्त क्याम्पसवाट समाजसास्त्रमा र त्रिवि किर्तिपूरवाट राजनीतिक शास्त्रमा मास्टर्स गरेको छु । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएकी राजनीतिमा सकृय महिला सरिता दाहालसँग २०५९ सालमा विवाह भएको र हामीवाट एक छोरी र एक छोरा गरी दुई सन्तान भएका छन्। हामीलेआफन्त र आफ्नै घर परिवारको साथमा सामान्य ढंगले परिवार सञ्चालन गरी रहेका छौं । जीवन संगीनीको वैंकमा सामान्य जागिर, केहि कम्पनीहरुमा सेयर र आफ्नो मिहिनेतको कमाई अनि साथीभाईको सादभाव र मायाको वलमा म पार्टी कामलाई निरन्तरता दिई रहेको छु । मेरो राजनीतिक अविभावक वुवाकै उमेरको दाजु रामप्रसाद ढुंगेल हुनुहुन्छ । आजसम्म उहाँको निरन्तर अविभावकत्व पाईरहेको छु । मेरो प्रतिवद्धता विचार सहितको निष्ठाको राजनीती, युवा प्रतिको विश्वास, राष्ट्रिय स्वाभिमानको रक्षा र देश विकासको रणनीति !!

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    National youth council, Nepal
  • recent_actors
    १. युवा संसद कार्यक्रम (१६-२४) २. युवा उद्यम कार्यक्रम ३. सहुलियतपूर्ण कर्जा सहजिकरण ४. Research grant for science ५. youth innovation centre ६. युवा उद्यम प्रवर्द्धन कार्यक्रम(परामर्श, तालिम, समन्वय, सहुलियत कर्जा-२५-४०) ७. शिक्षण सँस्थामा उद्यम ( पढ्दै कमाउँदै) आदि

  • account_circle
    श्री प्रयागेश्वर उच्च माध्यमिक विद्यालय -खाँडादेवी ५ रामेछाप
  • recent_actors
    १. CTEVT को कोर्स सम्वन्धन गराई अध्ययन शुरु गराएको । २. ADV को सहयोगमा निर्मित स्कुल भवन निर्माण सम्पन्न भई चावि वुझिएको । ३. अविभावक, विद्यार्थी र शिक्षक परामर्श तथा कनउन्सीलिङ कार्यक्रमको शुभारम्भ गराएको । ४. विद्यार्थी क्लव वनाएको ५. शिक्षणसंस्थामा उद्मम आरम्भ गरिएको ।
पत्र पत्रिकामा

भिडियो

पार्टीमा राजनीतिक योगदान

१. विद्यार्थी आन्दोलनलाई सभ्य, मर्यादित र क्रान्तिकारी वनाउन विशेष भुमिका निर्वाह गरेको । २. अनेरास्ववियुलाई अन्य संगठनको तुलनामा हरेक मोर्चामन श्रेष्ठ सावित गराउन विशेष भुमिकाका साथ नेतृत्व गरेको । ३. अनेरास्ववियुको संगठनलाई त्रिवि भन्दा बाहिर विस्तार गर्न पुर्वाञ्चल विवि, पोखरा विवि, काठमाडौं विवि र ctevt तथा निजि शिक्षण संस्थाहरुमा अनेरास्ववियुको कमिटी निर्माण र विस्तारमा विशेष योगदान गरेको । ४. अनेरास्ववियुलाई विचार र नेतृत्वको चयन गर्ने सम्वन्धमा निती तथा विधान अधिवेसनको छुट्टै आयोजना गर्ने प्रणालीको विकास गरिएको । ५. राजनीतिक परिवर्तन पश्चात् विद्यार्थी आन्द‍लनको सहि मार्ग पहिचान गरि नेपाली विद्यार्थी आन्दोलन शैक्षिक "बृहत् राष्ट्रिय शैक्षिक सम्मेलन-२०६८" को आयोजना गरी विद्यार्थी आन्दोलनलाई नितान्त शिक्षाका मुद्दामा केन्द्रीकृत गर्न विशेष भुमिका सहित नेतृत्व प्रदान गरेको । ६. विदेश वसेका तर नेपाल फर्कनेहरुलाई "रिटर्नी फेड्रेरेसन नेपाल" स्थापना गरि पार्टी विस्तार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको !!
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com