काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको आज सम्पन्न १२ औं बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश हुने समानुपातिकतर्फका उम्मेदवारहरुको निर्णय गरेको छ ।
पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा बालकोटमा शनिबार र आइतबार दुई दिन बसेको बैठकले सात वटै प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, २२ वटा जनसंगठनहरुले सिफारिस गरेका नामावलीमा गहन छलफल गरी प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना समानुपातिकतर्फका उम्मेदवारहरुको निर्णय गरेको हो । समानुपातिकतर्फ बन्दसूचीमा समावेश भएका उम्मेदवारहरुको नामावली भोलि निर्वाचन आयोगमा दर्ता गरिनेछ । बैठकले निम्नानुसार क्लस्टर बमोजिम उम्मेदवार टुङ्गो लगाएको छ ।
प्रतिनिधिसभातर्फका लागिः
क) आदिवासी जनजाति ३२ जना (१६ पुरुष, १६ महिला)
ख) खसआर्य ३४ जना (१७ पुरुष, १७ महिला)
ग) थारु ७ जना (३ पुरुष, ४ महिला)
घ) दलित १५ जना (७ पुरुष, ८ महिला)
ङ) मधेशी १७ जना (८ पुरुष, ९ महिला)
च) मुस्लिम ५ जना (२ पुरुष, ३ महिला)
पिछडिएको क्षेत्रबाट समेत ५ जना गरी जम्मा ११० जना (५३ पुरुष, ५७ महिला)
यसैगरी, बैठकले सात वटै प्रदेश सभाका २२० जना सदस्यका लागि समानुपातिकतर्फ निम्नानुसार उम्मेदवारहरुको निर्णय गरेको छ ।
१) प्रदेश नम्बर १
क) आदिवासी जनजाति १७ जना (८ पुरुष, ९ महिला)
ख) खसआर्य १० जना (५ पुरुष, ५ महिला)
ग) थारु २ जना (१ पुरुष, १ महिला)
घ) दलित ४ जना (२ पुरुष, २ महिला)
ङ) मधेशी ३ जना (१ पुरुष, २ महिला)
च) मुस्लिम १ जना
अल्पसंख्यक ६ जनासहित जम्मा ३७ जना (१७ पुरुष, २० महिला)
२) मधेश प्रदेश
क) आदिवासी जनजाति ३ जना (१ पुरुष, २ महिला)
ख) खसआर्य २ जना (१ पुरुष, १ महिला)
ग) थारु २ जना (१ पुरुष, १ महिला)
घ) दलित ७ जना (३ पुरुष, ४ महिला)
ङ) मधेशी २४ जना (१२ पुरुष, १२ महिला)
च) मुस्लिम ५ जना (२ पुरुष, ३ महिला)
अल्पसंख्यक ११ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी जम्मा ४३ जना (२० पुरुष, २३ महिला)
३) बागमती प्रदेश
क) आदिवासी जनजाति २३ जना (११ पुरुष, १२ महिला)
ख) खसआर्य १६ जना (८ पुरुष, ८ महिला)
ग) थारु १ जना
घ) दलित ३ जना (१ पुरुष, २ महिला)
ङ) मधेशी १ जना
अल्पसंख्यक ३ जना गरी जम्मा ४४ जना (२० पुरुष, २४ महिला)
४) गण्डकी प्रदेश
क) आदिवासी जनजाति ११ जना (५ पुरुष, ६ महिला)
ख) खसआर्य ९ जना (४ पुरुष, ५ महिला)
ग) दलित ४ जना (२ पुरुष, २ महिला)
अल्पसंख्यक १ जना गरी जम्मा २४ जना (११ पुरुष, १३ महिला)
५) लुम्बिनी प्रदेश
क) आदिवासी जनजाति ७ जना (३ पुरुष, ४ महिला)
ख) खसआर्य १० जना (५ पुरुष, ५ महिला)
ग) थारु ५ जना (२ पुरुष, ३ महिला)
घ) दलित ५ जना (२ पुरुष, ३ महिला)
ङ) मधेशी ५ जना (२ पुरुष, ३ महिला)
च) मुस्लिम ३ जना (१ पुरुष, २ महिला)
अल्पसंख्यक ३ जना गरी जम्मा ३५ जना (१५ पुरुष, २० महिला)
६) कर्णाली प्रदेश
क) आदिवासी जनजाति २ जना (१ पुरुष, १ महिला)
ख) खसआर्य १० जना (५ पुरुष, ५ महिला)
ग) दलित ४ जना (२ पुरुष, २ महिला)
पिछडिएको क्षेत्रबाट ५ जना गरी जम्मा १६ जना (८ पुरुष, ८ महिला)
७) सुदूरपश्चिम प्रदेश
क) आदिबासी जनजाति १ जना
ख) खसआर्य १२ जना (६ पुरुष, ६ महिला)
ग) थारु ४ जना (२ पुरुष, २ महिला)
घ) दलित ४ जना (२ पुरुष, २ महिला)
पिछडिएको क्षेत्रबाट ३ जना गरी जम्मा २१ जना (१० पुरुष, ११ महिला)