detail-img

अध्यक्ष ओली संसदीय दलको नेतामा सर्वसम्मत

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतरूपमा चयन हुनुभएको छ । 
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आज बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो । 
अध्यक्ष ओली उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको समर्थनमा दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो ।


नेकपा (एमाले) गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा ७८ जना सांसदका साथ दोस्रो ठूलो दल बनेको छ ।