detail-img

मिसन ग्रासरुटः अर्घाखाँचीमा अभिमुखीकरण सम्पन्न

अर्घाखाँची । नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत अर्घाखाँचीमा आज जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सूर्य थापाले वर्तमान सरकार सफल बनाउन पार्टीले कुनै कसर बाँकी नराख्ने वताउनुभएको छ । उहाँले पार्टी वर्तामान सत्ता साझेदारीलाई बलियो बनाउन लागिपरेको बताउनुभयो । 
नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा थापाले राष्ट्रपति निर्वाचनले नेपालको राजनीतिक कोर्सलाई थप स्पष्ट पार्ने बताउनुभयो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थीले कार्यकर्तालाई पार्टीका विचार, नीति, समसामयिक निर्णय र विभिन्न पुस्तक निरन्तर अध्ययनको बानी बसाल्न र आफूलाई वैचारिकरूपमा बलियो बनाउन निर्देशन दिनुभयो । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले पार्टीलाई गतिशील बनाउन अहिले यो अभियान सुरू गरिएको बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।