detail-img

मिसन ग्रासरुटः प्यूठानमा पालिका तहमा अभियानको कार्यतालिका बन्यो 

काठमाडौं । नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत प्यूठानमा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
प्यूठान जिल्ला कमिटीको आयोजनामा  मङ्गलबार (२०७९ फागुन ९ गते) प्यूठानको विजुवारमा सम्पन्न  अभिमुखीकरणमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।


नेकपा (एमाले) प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टको अध्यक्षतामा भएको अभिमुखीकरणमा मिसन ग्रासरुट अभियानमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्यहरू घनश्याम पाण्डे, ईश्वरी घर्तीका साथै जिल्लाका नेताकार्यकर्ताको सहभागिता रहेको थियो । 
जिल्लास्तरीय अभिमुखीकरणपछि दुई महिने मिसन ग्रासरुट अभियानलाई प्रभावकारी बनाउन पालिकाहरूमा प्रशिक्षण तथा वडा र टोलसम्मका सुक्ष्म योजनाहरू निर्माण गरी अगाडी बढ्ने निर्णय गरिएको छ । सो अनुसार प्युठान नगरपालिकामा फागुन १८ गते, माण्डवी गाउँपालिकामा फागुन २० गते, ऐरावती गाँउपालिकामा फागुन १७ गते, स्वर्गद्वारी नगरपालिकामा फागुन १३ गते, सरुमारानी गाउँपालिकामा फागुन १२ गते, नौवहिनी गाउँपालिकामा फागुन १४ गते, झिमरुक गाउपालिकामा फागुन १२ गते, गौमुखी गाउँपालिकामा फागुन १३ गते, मल्लरानी गाउँपालिकामा फागुन १५ गते, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका लागि फागुन ११ गते जनसंगठनका प्रमुखहरूका लागि फागुन १४ गते अभिमुखीकरण लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय भएका नेकपा (एमाले) प्यूठानले जनाएको छ ।