detail-img

खेलकूद महासंघको अध्यक्षमा बस्नेत  

काठमाडौं । नेकपा (एमाले) को जनसंगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । विराटनगरमा मङ्गलबार (२०७९  फागुन ९ गते ) सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
बस्नेत यसअघि महासंघको संयोजक हुनुहुन्थ्यो । महाधिवेशनले १७५ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको छ भने पदाधिकारीहरू केन्द्रीय कमिटीको बैठकबाट चयन गरिने भएको छ । 
महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन ७ गते गर्नुभएको थियो । महाधिवेशन नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल अध्यक्ष रहेकोे अध्यक्षमण्डल गठन गरी तीनदिन सञ्चालन भएको थियो ।