detail-img

सम्पर्क कमिटीहरूको अभियान शुरू 

काठमाडौं । नेकपा (एमाले) सुदूर पश्चिम प्रदेश सम्पर्क  कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत बुधबार (२०७९ फागुन १० गते) विस्तारित बैठक बस्यो । 
बैठकले मातहतका सम्पूर्ण जिल्ला सम्पर्क मञ्च र पालिकाहरूलाई  मिसन ग्रासरूट अभियानमा जोड्दै पार्टी काममा परिचालन गर्ने  निर्णय गरेको छ । 
बैठकमा पार्टीका केन्द्रीय सदस्य कमरेड ममता गिरीले पार्टीले गरेका काम,  संगठन निर्माण तथा समसामयिक बिषयमा मन्तव्य रख्नुभएको थियो । विस्तारित बैठकमा पार्टीका केन्द्रीय सदस्य कमरेड सीता लामा र कमरेड चुडादेव लामाले समेत अभियानका बारेमा भनाई राख्नुुभएको थियो ।  
सम्पर्क समन्वय कमिटीका संयोजक कमरेड श्याम बस्नेत, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य तथा सुदूरपश्चिम सम्पर्क कमिटीका लागि केन्द्रीय प्रतिनिधि कमरेड बिष्णु सिग्देल र प्रदेश कमिटी इन्चार्ज कमरेड हेमन्त जोशीले  मिसन ग्रासरूट अभियानको बारेमा प्रष्ट पार्दै संगठन निर्माण, सदस्यता विस्तार तथा नवीकरण र रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरू गर्दै जनताको घरदैलोमा जाने र ती कामलाई अभियानमा जोड्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 
उक्त विस्तारित बैठकको अध्यक्षता कमरेड दल बहादुर धामीले गर्नु भएको थियो । बैठकमा सम्पर्क समन्वय कमिटीले सुदूर पश्चिमका जिल्लामा जिम्मेवारी प्रदान गरेका कमरेडहरूको उपस्थिति रहेको थियो ।