detail-img

कालिकोटको पताँलामा भव्य सभा 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत कालिकोटको पलॉतामा दुईवटा गाउँपालिकाको संयुक्त जनसभा सम्पन्न भएको छ । 
पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकास्तरीय जनसभा पार्टीका सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता र पलॉता गाउँपालिका कमिटीका अध्यक्ष हर्षबहादुर बमको अध्यक्षतामा सम्पन्न भएको हो ।
भेलालाई सचिव भट्टराई, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल, दल रावल र नगेन्द्र शाही (नेशनल) लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । सभामा नेताहरूले देशको विकास र समृद्धिका लागि चाहिने विचार, दृष्टिकोण र योजना  नेकपा (एमाले) सँग मात्र रहेकोले  नेकपा (एमाले) ले आउने निर्वाचनमा जनताबाट एमालेलार्ई जनताको समृद्धिको चाहना पूरा गर्ने अवसर दिनुहुने विश्वासका साथ मिसन ग्रासरुट कार्यक्रमका साथ जनतामा आएको वताउनुभएको थियो । सभामा स्थानीय महिलाहरूले देउडा गाएर स्वागत गर्नुभएको थियो ।