detail-img

युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सापकोटा 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको नवनिर्वाचित युवा विद्यार्थी विशेष जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूले भेट गर्नुभएको छ । 
सो अवसरमा अध्यक्ष ओलीले नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा  सदस्यहरूलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।


सोमबार अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटमा पार्टीका केन्द्रीय सदस्य बीना श्रेष्ठ, नबीना लामा, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली लगायतका नेताहरूसमेतको उपस्थिति रहेको थियो । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत रहेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको २०७९ चैत १६ गते सम्पन्न चौथो अधिवेशनले रामजी सापकोटाको अध्यक्षतामा २३ सदस्यीय नयाँ नेतृत्व चयन चयन गरेको हो । 
कमिटीको उपाध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा प्रकाश भुजेल, उपसचिवद्वयमा श्यामकाजी खत्री र विमला धमला चयन हुनुभएको छ । 
त्यसैगरी सदस्यहरूमा रमेश भट्टराई, किरण देउजा, विष्णुहरि त्रिपाठी, ऋषि गौतम, विजय घिमिरे, मुना तिवारी, पवित्रा ढकाल, सुनिल तिवारी, कैलाश तामाङ, सुकृति सुवेदी, धर्मराज तिमेल्सिना, कुशल खतिवडा, तिला डुम्रे (कल्पना), सुवास सुवेदी, मौसम स्याङ्बो, सपना सापकोटा, सन्तोष सिलवाल र जगत लामा हुनुहुुन्छ ।