detail-img

एमाले सशक्त प्रतिपक्षको भूमिकामाः गुरुङ

सुर्खेत । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेले सत्ता तोड्ने र जोड्ने खेल भन्दामाथि रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्ने बताउनुभएको छ । 
मङ्गलबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपमहासचिव गुरुङले एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताउनुभएको हो ।
सरकारमा जान दायाँबायाँ गरेर पार्लियामेन्ट अस्थिर बनाउने काम नगर्ने भन्दै उहाँले पार्टी सुदृढीकरण तथा विस्तारका लागि आफूहरू मिसन ग्रासरुट अभियानमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो । देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उहाँको धारणा छ । 
उपमहासचिव गुरुङ पार्टीको कर्णाली प्रदेश प्रचार भेलाका लागि जुम्ला जाने क्रममा सुर्खेतमा पत्रकार भेटघाट गरिएको हो ।