detail-img

दैलेखमा समीक्षा तथा प्रशिक्षण

दैलेख । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत दैलेखको ठाटीकाँध गाउँपालिकामा पालिकास्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
पार्टी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्य र गाउँ कमिटीका अध्यक्ष कुमारविक्रम शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा पालिकाका छवटै वडामा भएका मिसन ग्रासरूटका गतिविधिहरूबारे समीक्षा गरिएको थियो । जिल्ला तथा प्रदेशबाट अभियानका लागि खटिनुभएका प्रतिनिधिहरूले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य चन्द्रबहादुर विश्वकर्मा, पार्टीका कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, प्रदेश कमिटी सदस्यहरू, दैलेख जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मा, जिल्ला कमिटी सदस्यहरू तथा पार्टीका जनसंगठनका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
जुम्लाको तातोपानीमा समीक्षा बैठक
मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका कमिटीको समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विष्णु रिजालको उपस्थिति र गाउँ कमिटीका अध्यक्ष पूर्ण पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
केन्द्रीय कमिटी सदस्य रिजाल र जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले अभियानमा सक्रिय हुनुभएका नेता–कार्यकर्तालाई धन्यवाद दिँदै पार्टी निर्माणको काम निरन्तर अघि बढाउन निर्देशन दिनुभयो ।
अभियानका क्रममा आठैवटा वडामा गरी ८५ प्रतिशत सदस्यता नवीकरण भएको छ भने नयाँ सदस्यताका लागि आवेदन भर्नेहरूको सङ्ख्या पनि उत्साहजनक देखिएको छ ।