detail-img

पासाङ शेर्पाको अध्यक्षतामा जनजाति महासंघको नयाँ नेतृत्व चयन 

काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन पासाङ शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरी सोमबार सम्पन्न भएको छ । 
२०७९ चैत १९ र २० गते काठमाडौंमा सम्पन्न महाधिवेशनले   १७ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । 
कमिटीको उपाध्यक्षमा  ज्ञानेन्द्र पुन मगर (गुल्मी), देवनारायण चौधरी (सप्तरी), विजय लोप्चन (नुवाकोट), मीना कुमारी गुरूङ (कास्की)  चयन हुनुभएको छ भने महासचिवमा पेम्बा भोटे गुरूङ (बाजुरा) रहनुभएको छ । 
त्यसैगरी, उपमहासचिव दुई जनामा देवराज राई (उदयपुर), प्रेमकुमार श्रेष्ठ  (भक्तपुर) हुनुहुन्छ । 
सचिवहरू हिरू सारा राना (पाल्पा), शान्ति पाख्रिन (सर्लाही), मन्दीरा श्रेष्ठ (धादिङ) सोनाम छिरिङ (मुगु), विवेक श्रेष्ठ  (दाङ), श्याम विक्रम तुमु (पाँचथर), हर्कमान तामाङ (काभ्रे), होमबहादुर गुरूङ (कास्की) र कोषाध्यक्षमा ज्योती लामा (काठमाडौं) हुनुहुन्छ । 
त्यसैगरी महासंघको केन्द्रीय लेखा आयोगको अध्यक्षमा सुमन श्रेष्ठ (काठमाडौं) चयन हुनुभएको छ । 

नेकपा (एमाले) को जनसंगठनका रूपमा रहेको महासंघ नयाँ नेतृत्वको शपथ ग्रहण कार्यक्रम मङ्गलबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्य गोकुल घर्ती, केन्द्रीय कमिटी सदस्य तथा संयन्त्रका उपप्रमुख रचना खड्का लगायत नेताहरूको उपस्थितिमा सम्पन्न भएको छ ।