detail-img

मिसन ग्रासरुटः कर्णाली प्रदेशस्तरीय समीक्षा बैठक सुरु 

सुर्खेत । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) समीक्षा बैठकको चरणमा आइपुगेको छ । मिसन ग्रासरूटको प्रदेशस्तरीय समीक्षा बैठक कर्णाली प्रदेशबाट सुरु भएको छ ।  दुई दिने समीक्षा बैठक आजदेखि सुर्खेतमा सुरु भएको छ । 
बैठकमा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोख्रेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू यामलाल कंडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति रहेको छ ।


नेकपा (एमाले) कर्णाली प्रदेश संगठन कमिटीको संयोजन रहेको समीक्षा बैठकमा कर्णालीका दशवटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले रिपोर्टिङ गर्नुहुनेछ । केन्द्रीय र जिल्ला प्रतिनिधिहरुले रिपोर्टिङ गरिसकेपछि केन्द्रीय नेताहरूले आफ्नो धारणा राख्नुहुनेछ । नेकपा (एमाले) ले पार्टी सुदृढीकरणका लागि फागुन ५ गतेदेखि दुई महिने मिशन ग्रासरुट सञ्चालन गरेको हो । अभियान अन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका तथा नगरपालिकामा खटिनुभएको छ ।