detail-img

. नेता जङ्गली एमालेमा 

पोखरा । नेकपा एकीकृत समाजवादी परित्याग गर्नुभएका स्थायी कमिटी सदस्य चुडामणि जङ्गली नेकपा (एमाले) मा फर्किनुभएको छ । 
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले नेता जङ्गलीलाई पार्टीमा स्वागत गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबाट पार्टी नचल्ने र  चाँडै नै विघटनको संघारमा पुगेको भन्दै स्थायी कमिटी सदस्य जङ्गलीले पार्टी परित्याग गर्नुभएको थियो ।  
यस्तै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका पूर्व स्वकीय सचिव खेमराज आचार्य पनि नेकपा एस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।