detail-img

कर्णाली प्रदेशको समीक्षा बैठक सम्पन्न 

सुर्खेत । नेकपा (एमाले) को मिसन ग्रासरुट (संगठन सुदृढीकरण तथा विस्तार अभियान) को कर्णाली प्रदेशस्तरीय दुई दिने समीक्षा बैठक आज सुर्खेतमा सम्पन्न भएको छ । 
कर्णालीका दश वटै जिल्लामा खटिनुभएका केन्द्रीय र जिल्ला प्रतिनिधिहरूले रिपोर्टिङ गर्नुभएको बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू यामलाल कँडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति थियो ।


बैठकलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष नेम्वाङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार मुलुक र जनताका समस्या समाधान गर्ने भन्दा पनि सत्ता भागबण्डामै अल्झिएको बताउनुभयो । 
महासचिव शंकर पोखरेलले वर्तमान १० दलीय गठबन्धन स्वार्थमा आधारित रहेको र सरकार सञ्चालनमा पूर्णरूपमा असफल भएको हुँदा अब लामो समय नटिक्ने बताउनुभयो ।
महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनको धेरै लामो भविष्य नभएको र आफैं नै सङ्कटमा रहेको धारणा राख्नुभयो । कार्यक्रममा पार्टीका उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायत नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो ।