detail-img

खानेपानी विभागद्वारा कार्ययोजना पारित 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सातौं बैठक आगामी कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा मङ्गलबार भएको बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो । पार्टीका पोलिटव्युरो सदस्य तथा विभाग प्रमुख विमला घिमिरेको अध्यक्षतामा भएको बैठकमा नयाँ मनोनीत सदस्यहरूले सपथ ग्रहण गर्नुभएको थियो । बैठकमा सदस्यहरूको कार्यविभाजन गरिनुका साथै विज्ञहरूको रोष्टर तयार गर्न जिम्मेवारी तोकिएको छ ।