detail-img

‘विश्वको अर्थ राजनीति, शक्ति सन्तुलन र नेपालको समाजवाद मार्ग’ विषयमा छलफल 

काठमाडौं । नेकपा (एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत आइतबार कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्य र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पोखरेलले प्रतिष्ठानको वार्षिक कार्यायोजनाबारे सङ्क्षिप्त जानकारी गराउनुभयो भने पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले ‘विश्वको अर्थ राजनीति, शक्ति सन्तुलन र नेपालको समाजवाद मार्ग’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा अध्यक्ष ओलीले नीति प्रतिष्ठानको स्थापनाको उद्देश्य अनुरुप यसको महत्वलाई आत्मसात गर्दै प्रतिष्ठान अगाडि बढेको वताउनुभयो । अध्यक्ष ओलीले अन्तरक्रियाका लागि डा. खतिवडाद्वारा प्रस्तुत कार्यपत्र विश्व अर्थतन्त्र, शक्ति सन्तुलन र अहिलेको वास्तविक चुनौतीको राम्रो विश्लेषणका साथै अत्यन्त गहन रहेको वताउनुभयो । 
कार्यपत्रमाथि सहभागी केही नेताहरूले आफ्ना धारणा र जिज्ञाशा राख्नुभएको थियो भने अर्को बैठकमा विस्तृत छलफल गरिने भएको छ ।