detail-img

जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशन भव्यरूपमा सम्पन्न गर्न पार्टीका जनसंगठनहरू परिचालनका लागि आज  नेकपा (एमाले) , जनसंगठन समन्वय संयन्त्रको बैठक पार्टी कार्यालय, च्यासल, ललितपुरमा बस्यो । 
पार्टीका जनसंगठनका इन्चार्जहरू, अध्यक्षहरू र महासचिवहरूको उपस्थिति रहेको बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बैठकको उद्देश्यबारे जानकारी गराउँदै सबै जनसंगठनलाई आ–आफ्नोतर्फबाट उल्लेख्य जनसहभागिता गराउन निर्देशन दिनुभयो ।


बैठकमा बाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डेले अधिवेशन तयारीका बारेमा जानकारी गराउँदै असोज ८ गते उद्घाटनको दिन काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिने जानकारी गराउनुभयो । 
बैठकमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, सीता पौडेल, पोलिटव्युरो सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्यहरू रचना खड्का, पेम्वा लामा, शान्ति अधिकारी, विद्या भट्टराई, यज्ञराज सुनुवार, किशोरविक्रम मल्ल, प्रेम दङ्गाल तथा लगायतको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशन यही असोज ८ र ९ गते हुँदै छ ।