detail-img

माओवादीका पूर्व केन्द्रीय सदस्य गिरी नेकपा(एमाले)मा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 
आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जानुभई नेता गिरी एमाले प्रवेश गर्नुभएको हो । गिरीसँगै सानुमाया मगर पनि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । चारदशकभन्दा बढी समय राजनीतिमा क्रियाशील रोल्पा निवासी गिरी माओवादी केन्द्रको हेटौडा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । लामो समय रोल्पामा शिक्षण पेशामा संलग्न गिरी अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुका साथै साँस्कृतिक फाँटमा रहेर योगदान गर्नुभएका नेता गिरी रोल्पाको थवाङलाई माओवादीको प्रभावक्षेत्रका रूपमा स्थापित गराउने नेताहरूमध्ये  हुनुहुन्छ ।