detail-img

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

काठमाडौं । नेकपा (एमाले)ले विगत केही समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र स्वास्थ्य संस्थामा भइरहेको तोडफोडको निन्दा गर्दै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । 
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी साङ्घातिक आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गर्नुका साथै देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आफ्नो सेवाप्रति संवेदनशील हुन आह्वान गर्नुभएको छ ।  
देशका विभिन्न भागमा निरन्तर यस्ता आक्रमणका  घटना हुनुमा गृहप्रशासन जिम्मेवार रहेकोे र  अपराधीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानुनी राज्यको उपहास गरिएको विज्ञप्तिमा उल्लेख छ ।  प्रेस विज्ञप्ति यस प्रकार छः