cpnuml

अखिल नेपाल महिला संघ

जहानियाँ राणाशासनको अन्त्य लगत्तै अर्थात् २००८ साल फागुन २४ गते अखिल नेपाल महिला संघ (अनेमसं) को स्थापना भएको हो । यो प्रगतिशील, प्रजातन्त्रप्रेमी, देशभक्त नेपाली महिलाहरूको स्वतन्त्र संगठन हो । यो मजदुर, किसान, गृहिणी, विभिन्न पेशामा संलग्न महिला, युवा, विद्यार्थीहरूको नेतृत्वदायी प्रतिनिधित्व रहेको संगठन हो । यो देशभरिबाट १० लाख भन्दा बढि सदस्यता रहेको नेपाली महिलाहरूको सबैभन्दा ठूलो संगठन हो । यसको सञ्जाल देशका ७५ जिल्लाको स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म फैलिएको छ । स्थापनाकालयता यस संगठनले छ वटा राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।