cpnuml

नेपाल राष्ट्रिय स्वतन्त्र भूतपूर्व सैनिक संगठन

भूतपूर्व सैनिक तथा प्रहरीहरुलाई संगठित गर्दै आफ्नो हकहित र उन्नतिको लागि सक्रिय गराउन नेकपा (एमाले)ले वि.सं. ०४७ साल पुस २२–२३ मा गरेको भेलाबाट धरानबाट ‘नेपाल राष्ट्रिय स्वतन्त्र भूतपूर्व सैनिक संगठन’ घोषणा गरेको हो । सोही भेलाबाट केन्द्रीय तदर्थ कमिटी गठन भयो ।

संगठनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

राजनीतिक तथा सामाजिक आन्दोलनमा आफ्नो भूमिका निर्वाह गर्दै आएको संगठनले एमालेले अंगिकार गरेको नीति, सिद्धान्त, विचार कार्यक्रमलाई आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत् देश, जनता र सामुदायिक न्यायका लागि थप योगदान पुर्याउने र सुरक्षाकर्मीहरुको हक, हित र अधिकारका लागि सदैव प्रयत्नशील रहँदै आएको छ ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।