detail-img

जनसंगठनहरूद्वारा विरोध प्रदर्शन 

काठमाडौं । नेकपा (एमाले) का जनसंगठनहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 
काठमाडौंको माइतीघर मण्डलामा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल, अखिल नेपाल महिला संघ,  नेपाल ट्रेड युनियन महासंघ लगायत २३ जनसंगठनहरूले सरकार पक्षबाट राष्ट्रघात र जनविरोधी काम भएको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले भारतसँग भूमि साटफेर गर्न सकिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति, नागरिकता विधेयक, टीकापुर घटनामा अदालतद्वारा दोषी ठहर गरिएका रेशम चौधरीलाई आममाफीको निर्णय, बजेटमा सांसद विकास कोष व्युँताइएको जस्ता विषयमा विरोध स्वरुप खबरदारी गरेका छन् ।


प्रदर्शनमा असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग  राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महँगी नियन्त्रण गर,  भ्रष्टाचारीलाई कारबाही गर लगायतका प्लेकार्डसहित नारा लगाइएको थियो ।