detail-img

अपानि– ७ जारीः उपाध्यक्षदेखि केन्द्रीय कमिटी सदस्यहरूसम्मको कार्यविभाजन 

केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय निकाय र विभागमा सदस्य मनोनयन
काठमाडौं । नेकपा (एमाले) को अन्तरपार्टी निर्देशन (अपानि–७) जारी भएको छ । 
केन्द्रीय कमिटीको पाँचौँ बैठक र सचिवालयको २२औं बैठकका निर्णयका रूपमा आएको अपानि–७ मा पार्टीका उपाध्यक्षसहितका पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन प्रमुख रहेको छ । 
नयाँ व्यवस्था अनुसार उपाध्यक्षहरूले थप जिम्मेवारीका रूपमा विभिन्न विभागहरूको संयोजन गर्नुहुने भएको छ भने सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । स्थायी कमिटी र पोलिटव्युरो सदस्यहरूलाई जिल्ला इन्चार्ज र केन्द्रीय कमिटीका सदस्यहरूलाई विभिन्न पालिकाको इन्चार्ज बनाइएको छ । 
पार्टीले प्रदेश, जिल्ला लगायतमा रहने गरेका सह इन्चार्ज र केन्द्रीय विभागमा रहेका उपप्रमुखको व्यवस्था यसपटक हटाएको छ । सातै प्रदेशमा स्कुल, प्रचार र जनसंगठन समन्वय संयन्त्रको इन्चार्ज केन्द्रबाट खटाइएको छ । 
अपानि–७ मा कार्यविभाजनको आधारहरू स्पष्ट गर्दै उपाध्यक्षदेखि पालिका तहमा इन्चार्जको जिम्मेवारी पाउनुभएका केन्द्रीय कमिटी सदस्यसम्मको कार्यादेश पनि तय गरेको छ भने बार्षिक कार्ययोजना पनि निर्धारण गरेको छ । 
पार्टीले केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय निकायहरू, केन्द्रीय विभागमा मनोनयन गरेका सदस्यहरूको नाम पनि अपानिमा उल्लेख छ । 
पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन यस प्रकार छः
 

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।