काठमाडौं । नेकपा (एमाले) ले पार्टीको वार्षिक कार्ययोजना २०८० जारी गरेको छ । अन्तर पार्टी निर्देशन –अपानि–७) जारी गर्दै पार्टीको कार्ययोजनाबारेमा जानकारी गराएको छ ।
मिसन ग्रासरुटले पहिचान गरेका समस्या, चुनौती र सम्भावनालाई केन्द्रविन्दुमा राखेर पार्टी स्थायी कमिटीको तेस्रो बैठक (२०८० वैशाख ३०) बाट गम्भीर छलफलपश्चात् पार्टीको वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गरिएको थियो । उक्त प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकले थप सुझावहरूसहित पारित गरेको छ । बैठकबाट पारित वार्षिक कार्ययोजना देहायबमोजिम रहेको छः
१. ‘वडामा सदस्यको अनुपात, कम्तिमा ३ प्रतिशत’ कार्यक्रम
सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्याङ्क शुद्धीकरणको लागि निम्न कामहरू गर्ने–
–प्रदेशमा कारणबस नवीकरण छुटेकाहरुको आवेदनमाथि असार १५ सम्म जिल्ला कमिटीले आवश्यक निर्णय गर्ने ।
–नयाँ निर्णय भएका सदस्य, नवीकृत सदस्य र नयाँ सदस्यसहित सम्पूर्ण सदस्यहरुको विवरण प्रदेशमार्फत् असार मसान्तसम्म केन्द्रीय संगठन विभागमा पठाउने । संगठन विभागले यथाशीघ्र सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गर्ने । विवरणको ढाँचा पहिले नै पठाइ सकिएको छ । स्मरणीय छ, नवीकरण व्यक्तिको उपस्थितिमा हुनुपर्छ ।
–अभियानअघिको सदस्यता रेकर्ड हेर्ने हो भने त्यो सङ्ख्या मतदाताको अनुपातमा औसत ६ प्रतिशत छ । तर कतिपय पालिकाका वडाहरुमा अत्यन्त न्यून सङ्ख्यामा पार्टी सदस्य रहेको देखिन्छ । त्यसैले आगामी निर्वाचनमा ‘मिसन–१५०’ पूरा गर्न प्रदेश÷प्रदेशमा कुल मतदाताको ६∞ र प्रत्येक वडामा कम्तिमा ३∞ सदस्य पुराउने गरी सदस्यता विस्तारको कार्ययोजना बनाई लागू गर्ने । यसका लागि ‘वडामा सदस्यको अनुपात, कम्तिमा ३ प्रतिशत’ अभियान नै चलाउने ।
–सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरुको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम निर्णय गर्ने काम निरन्तर जारी राख्ने ।
२. काम गर्नेलाई ‘प्रोत्साहन’ र गर्न नसक्नेलाई ‘सम्मानसहित बिदा’ योजना
मिसन ग्रासरुट’मा आमरुपमा सुनियो– हाम्रा कमिटीहरु भद्दा भए । कमिटीमा रहन मरिहत्ते गर्ने तर बैठकमा मनलागे आउने, मन नलागे नआउने जस्तो देखियो । काममा नजुट्ने, कमिटीमा नाम राखिरहने सदस्यको औचित्य के हुन्छ ? यसलाई व्यवस्थित गर्नुपर्यो । यस्ता भावनालाई महसुस गर्दै संगठनको सुदृढीकरण र संगठनात्मक व्यवस्थापनमा निम्न कार्ययोजना लागू गर्नेः
–सूचना पाएर पनि बिना कारण लगातार ३ बैठकमा अनुपस्थित हुनेहरुलाई विधानतः सम्बन्धित कमिटीबाट बिदा गर्ने । भद्दा कमिटीलाई छरितो तुल्याउन पदाधिकारीबाहेकका रिक्त स्थानमा सकेसम्म नयाँ सदस्य नथप्ने ।
‘बैठकदेखि बैठकसम्म’ मात्र आफ्नो उपस्थिति जनाउने तर काममा नजुट्ने सदस्यहरुलाई सक्रिय हुन समय तोक्ने । तोकिएको जिम्मेवारी पूरा गर्न प्रेरित गर्ने । सुधार नभए सचेत गराउने, स्पष्टीकरण माग्ने र कमिटीबाट स–सम्मान विदा गर्ने । काम ‘गर्नेलाई प्रोत्साहित’ र काम ‘गर्न नसक्नेलाई सम्मानसहित जिम्मेवारीबाट विदा गर्ने’ परिपाटीलाई क्रमशः बलियो बनाउँदै लैजाने ।
‘किन र के कारण’ सोधौं
मिसन ग्रासरुटमा जिम्मेवारी तोकिएका तर कुनै जानकारी नदिई अनुपस्थित हुनेलाई सम्बन्धित कमिटीले ‘किन र के कारण’ ले अभियानबाट बाहिर रहेको हो, स्पष्टीकरण माग्ने । यसपछि पनि पार्टीले आयोजना गर्ने कुनै पनि अभियानमा यसैगरी अनुपस्थित हुनेलाई किन र के कारण सोध्ने परिपाटी बसाल्ने ।
अधिवेशन आयोजक कमिटी गठन गरौं
प्रणालीअनुरुप कमिटी सञ्चालन गर्न र विद्यमान भद्दा कमिटीमा गुणात्मक सुधार गर्न अधिवेशनहरु आयोजना गर्ने । प्रदेश अधिवेशनको व्यवस्थापनको जिम्मेवारी पदाधिकारीहरु र जिल्ला अध्यक्षलाई प्रदान गर्ने । संगठन कमिटी भएकाले प्रदेश कमिटीका सदस्यहरु समेत प्रतिनिधिमा चुनिएर आउने व्यवस्था गर्ने ।
सदस्यता प्रमाणीकरणको काम सम्पन्न भएसँगै अधिवेशनको तयारी सुरु गर्ने । सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने ।
–नेता÷कार्यकर्ता व्यवस्थापन गर्नेक्रममा वडादेखि प्रदेशसम्मै अस्वभाविक ठूला कमिटी बनेका छन्, कतियप स्थानमा विधानको व्यवस्थालाई अधिवेशनकै क्रममा मिचिएको समेत देखिन्छ । यसमा सुधार गर्न र कमिटीलाई गतिशील बनाउन प्रदेश अधिवेशनपछि जिल्ला, पालिका, वडा तथा टोल अधिवेशनको आयोजना गर्ने ।
असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउने । अवधि बाँकी रहेका र सक्रिय कमिटीहरुलाई पछाडि र निस्क्रिय वा अप्रभावकारी कमिटीका अधिवेशन पहिलो प्राथमिकतामा राख्ने ।
अधिवेशन माथिल्लो कमिटीबाट क्रमशः तल्ला कमिटीको आयोजना गर्दा अघिल्लो कमिटीबाट कारणवश हटेका र कुनै पनि कमिटीमा संगठित नभएका सदस्यहरुलाई आवश्यकताअनुसार विभिन्न कमिटीमा व्यस्थापन गर्ने बिवध अपनाउने ।
विभागबीच समन्वय र विभागीय काममा सहजीकरण
–केन्द्रमा क्रियाशील पार्टीका ३३ विभागहरूमध्ये केही विभाग विशिष्टकृत छन्, केही राज्यको मन्त्रालयसँग मिल्दा छन् । केहीका कार्यक्षेत्र खप्टिएका छन् । विभागीय कामलाई थप प्रभावकारी बनाउन विभागहरूको विषयगत समूह बनाउने र त्यसलाई समन्वयात्मक ढङ्गले परिचालन गर्ने । विभागबीच आवश्यक समन्वय र काममा सहजीकरणका लागि बरिष्ठ उपाध्यक्ष र उपाध्यहरूलाई अतिरिक्त जिम्मेवारी दिने ।
३. एक्सन रुमबाट स्कूल (नियमित वैचारिक–राजनीतिक प्रशिक्षण)
वैचारिक–राजनीतिक प्रशिक्षणको कामलाई योजनाबद्ध रुपमा अघि बढाई पार्टीलाई सुदृढ गर्न प्रशिक्षणलाई नियमित गर्ने । वैचारिक राजनीतिक प्रशिक्षणको कार्यक्रम देहायबमोजिम गर्ने–
–केन्द्रीय पार्टी स्कुलले पाठ्यक्रम, पाठ्यसामाग्री र प्रशिक्षक तयार गर्ने । पाठ्यसामग्रीको सहज उपलब्धताको लागि डिजिटल प्लेटफर्म प्रयोग गर्ने । प्रिन्टका अतिरिक्त अडियो÷भिजुअल सामग्री निर्माणमा प्राथमिकता दिने ।
–प्रशिक्षणको तह वर्गीकृत गर्ने ।
य उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षणका लागि प्रशिक्षक तयार गर्ने । उच्चतहको प्रशिक्षणका लागि केन्द्रले नियमित स्कुल संचालन गर्ने,
य प्रदेश तहको स्कुलले मध्यमतहको नियमित प्रशिक्षण संचालन गर्ने । प्रदेशको स्कूलसँग केन्द्रलाई जोड्न प्रत्येक प्रदेशमा एक÷एक जना केन्द्रीय सदस्य पार्टी स्कूल प्रतिनिधिको रुपमा खटाउने,
य जिल्ला तहको स्कुलबाट आधारभूत तहको प्रशिक्षण नियमित रुपमा संचालन गर्ने ।
–केन्द्रीय कमिटीका सदस्यहरूको बुझाइमा एकरुपता ल्याउनका लागि पार्टी नीति तथा कार्यक्रमका अतिरिक्त राजनीतिक÷वैचारिक विषयमा अन्तर्क्रिया आयोजना गर्ने ।
केन्द्रीय आयोग र विभागहरुले आवश्यक ठानेका सबै प्रशिक्षण केन्द्रीय स्कूलमार्फत् आयोजना गर्ने ।
पार्टीलाई चाहिने विषयवस्तुको अनुसन्धान र नीतिहरुको विश्लेषण गर्न, त्यसबाट प्राप्त जानकारी स्कूलको पाठ्यक्रममा समावेश गर्न पार्टीको नीति अध्ययन प्रतिष्ठानजस्ता संस्थाहरुसँग पार्टी स्कूलले समन्वयमा काम गर्ने ।
–निर्वाचित जनप्रतिनिधिहरूका लागि शासन, नियम÷कानुन, विकास र सेवा प्रवाहमा सक्षम तुल्याउन आवश्यकताअनुरुप अभिमुखीकरण र बन्द शिविर प्रशिक्षण समेत आयोजना गर्ने ।
–पठन सँस्कृतिको विकासका लागि पार्टी कार्यालयहरुमा पुस्तकालय स्थापना र सोशल मिडियामा स्टडी–सर्कल बनाइ अध्ययन÷छलफल अघि बढाउन प्रोत्साहित गर्ने ।
–स्रोतलाई अधिकाधिक उपयोग गर्न आवश्यकताअनुसार हाइब्रिड प्रशिक्षण
(भौतिक तथा भर्चुअलको सम्मिश्रण गरी ‘एक्सन रुमबाट स्कूल’ सञ्चालन) गर्ने ।
४. व्यापक बनौं÷बनाऔं कार्यक्रम (जनसंंगठन सुदृढीकरण तथा विस्तार कार्यक्रम)
स्थानीय तहका सबै वडामा महिला, किसान, मजदुर, युवा, विद्यार्थीजस्ता आधारभूत तहका जनसंगठनहरुकै उपस्थिति अपेक्षा गरेअनुरुप भएन । त्यसैले हामीसँग सम्बद्ध सबै जनवर्गीय संगठनलाई विस्तार गर्न व्यापक बनौं÷बनाऔं कार्यक्रम –जनसंंगठन सुदृढीकरण तथा विस्तार कार्यक्रम) सञ्चालन गर्ने–
–आधारभूत तहमा पार्टी कार्यकर्ता निर्माण गर्न जनसंगठनलाई ‘इन्कुभेसन सेन्टर’को रुपमा रुपान्तरित गर्ने । सबै जनसंगठनले मूलतः गैरपार्टी सदस्यलाई संगठित गरी पार्टीको जनआधार विस्तार गर्ने ।
पार्टीले जनसंगठनलाई पार्टी सदस्यता विस्तारको प्रवेशद्वारका रुपमा प्राथमिकता दिने । यस कामको समन्वय जनसंगठन समन्वय संयन्त्रमार्फत् गर्ने । प्रदेश, जिल्ला र पालिकास्तरमा समेत समन्वय संयन्त्र गठन गर्ने । यस्ता संयन्त्र पालिका तहसम्म नै विस्तार गर्ने । जनसंगठन सञ्चालन प्रभावकारी ढंगले गर्न पहिलेझैं ‘पार्टीको तेर्सो र जनसंगठनको ठाडो’ नेतृत्व कायम गर्ने । यसका लागि हरेक प्रदेशमा एक÷एक जना केन्दीय सदस्यलाई केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको प्रतिनिधिको रुपमा खटाउने । यो जिम्मेवारी पाउने केन्द्रीय सदस्यले केन्द्रीय र प्रदेशको जनसंगठन समन्वय संयन्त्रबीच समन्वय र सहजीकरणको काम गर्ने ।
–जनसंगठनहरुले सम्बन्धित वर्ग र समुदायका बीचमा आफ्नो सदस्यता विस्तार गर्न नियमित अभियान संचालन गर्ने । खास औपचारिक कार्यक्रमबाहेक आमकार्यक्रमहरुमा जनसंगठनका नेताहरुलाई स्थापित गर्न पार्टी नेतृत्वले सहजीकरण गर्ने । आफ्ना वर्ग वा समुदायबीच कस्ता–कस्ता रचनात्मक कार्यक्रम प्रभावकारी हुन्छ, यसको लागि सम्बन्धित तह र क्षेत्रले छुट्टै योजना बनाउने ।
–महिला, किसान, मजदुर, युवा र विद्यार्थीजस्ता संगठनका सञ्जाल टोल तहसम्म निर्माण गर्ने ।
–जनसंगठनका प्रदेश, जिल्ला र पालिकास्तरको अधिवेशन÷सम्मेलन आयोजना गर्न सहजीकरण गर्ने ।
५. प्रोजेक्ट राष्ट्रिय शक्ति (ध्रुवीकरण, प्रवेश र व्यवस्थापन)
राजनीतिक धु्रवीकरणलाई प्रभावकारी बनाउनका लागि पार्टी प्रवेशलाई अभियानका रुपमा अघि बढाउने । यसको लागि निम्न कार्य गर्ने–
–पार्टी प्रवेश गरेका वामपन्थी पृष्टभूमिका साथीहरुको सदस्यता अद्यावधिक गर्न र गैरवामपन्थी पृष्टभूमिका साथीहरुको सदस्यता व्यवस्थित गर्न जेठ महिनाभित्र केन्द्रीय संगठन विभागमा विवरणसहितको सिफारिस गरिसक्ने ।
–केन्द्रले व्यवस्थापन गर्नुपर्नेहरुको जिम्मेवारी प्रदान गर्ने कार्य केन्द्रबाट र मातहत कमिटीले पुरा गर्नुपर्ने जिम्मेवारी सम्बन्धित तहका कमिटीबाट यही स्पीरिटअनुसार जिम्मेवारी प्रदान गर्ने ।
–राजनीतिक धु्रवीकरणको नीतिअनुरुप पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिने ।
६. ‘डेलिभरीमार्फत् सुशासन, सुशासनस“गै विकास र समृद्धि’को कार्यक्रम
धेरै ठाउँमा स्थानीय तहका निर्वाचित जनप्रतिनिहिरुको काम ‘योजनाबद्ध कम–आकस्मिकतामा धेरै’ हुँदै आएको छ । यसले कतिपय पालिकामा त नकारात्मक प्रभावसमेत पारेको छ । यसलाई सही ट्रयाकमा अघि बढाउन एउटा मिसन ‘डेलिभरी (सेवा प्रवाह)मार्फत् सुशासन, सुशासनसँगै विकास र समृद्धि’को कार्यक्रम सञ्चालन गर्ने ।
संघीय संसद, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरुको काम र निर्वाचित निकायलाई प्रभावकारी बनाउन देहायबमोजिम गर्ने–
–संघ र प्रदेशसभामा नीति तथा कानुन निर्माणमा प्रभावकारी हस्तक्षेप गर्नसक्ने तुल्याउन संसदीय दल र विभागमार्फत् प्रक्रिया, विषय र गरेका कामको प्रचारका लागि विज्ञको फिडव्याक, प्रशिक्षण र कामको समन्वय गर्ने ।
–पालिका सभादललाई प्रभावकारी बनाउने । पार्टी कमिटी र जनप्रतिनिधिबीच कामको समन्वयका लागि संयन्त्र गठन गर्ने । केन्द्रबाट स्थानीय तहमा पठाइएका शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका सबै विषयमा जनताको चासोबमोजिम सेवा प्रवाह गर्न प्रेरित गर्ने ।
उदाहरणको लागि स्थानीय तहमा श्रम–डेस्क स्थपना गरी सूचिकरण गर्ने, त्यहाँ कार्यरत सबैलाई सामाजिक सुरक्षाका योजनामा आबद्ध गराउन सहजीकरण गर्ने । राज्यले दिंदै आएको विभिन्न प्रकारका सामाजिक सुरक्षा स्थानीय तहका जनताले सहज पाउने अवस्थाको सुनिश्चितता गर्ने ।
डेलिभरीमार्फत् सुशासन, सुशासनसँगै विकास र समृद्धि’को अवधारणा लागू गर्न स्थानीय तहका जनप्रतिनिधिका लागि आवश्यकता अनुसार ‘बन्द–शिवीर’ प्रशिक्षण सञ्चालन गर्ने ।
७. अभियान रुपान्तरण (आर्थिक–सामाजिक रुपान्तरण र जनसरोकारका विषयहरुमा आधारित अभियान तथा जनपरिचालन)
मिसन ग्रासरुटका क्रममा जनस्तरबाट प्राप्त सुझावलाई सम्बन्धित तहका कमिटीहरुले रचनात्मक ढङ्गले ग्रहण गर्ने । वडा र पालिकाबाट प्राप्त हजारौं सुझावका आधारमा आर्थिक–सामाजिक र जनसरोकारका मुद्दालाई सम्बोधन गर्न देहायको काम गर्ने–
–प्राप्त सुझावहरुलाई वर्गीकृत गरी कार्यान्वयनको लागि छुट्टै ‘योजना कार्यशाला’ आयोजना गर्ने । कुनै पनि प्रकारको शोषण, उत्पीडन, विभेद र अन्यायका विरुद्धमा पार्टीपङ्क्तिलाई सशक्त रुपमा परिचालन गर्ने । यस्ता मुद्दाका पक्षमा बहस–पैरवी सञ्चालन गर्ने ।
–पार्टीको राजनीतिक कार्यदिशाअनुरुप आर्थिक–सामाजिक विकासका क्षेत्र पहिचान गरी त्यसमा राज्यका निकायको ध्यानाकर्षण हुने गरी पार्टी सदस्य र जनसमुदायलाई परिचालन गर्ने ।
–आर्थिक–सामाजिक विकास र रुपान्तरणका पक्षमा मङ्सिर महिनामा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान चलाउने ।
–कामका नयाँ क्षेत्रमा पार्टीको संलग्नता प्रभावकारी बनाउने । हरेक तहमा पार्टीको प्रभाव विस्तार गर्न संगठन र कामका नयाँ क्षेत्रहरु पहिचान गर्ने । सामाजिक र सामुदायिक क्षेत्रका संस्थाहरुले गर्ने कामप्रति पार्टीले बहन गर्नुपर्ने जिम्मेवारीबारे पार्टीपङ्क्तिलाई स्पष्ट पार्दै ती क्षेत्रका विशेषताअनुरुपको भूमिका निर्वाह गर्नसक्ने सक्षम कार्यकर्तापङ्क्तिको विकास गर्ने । उनीहरुलाई प्रतिस्पर्धी बनाउन विशेष ध्यान दिने ।
८. ‘वडावडाः भावी युवा नेता’ कार्यक्रम (युवाहरुका बीचमा पार्टी कामको विस्तार)
हाम्रो पार्टी संरचनामा पाका उमेर समुह र युवा उमेर समूहका नेता÷कार्यकर्ताको संख्यामा असन्तुलन देखिँदै छ । त्यसैले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान आवश्यक छ । यसका लागि–
–अधिवेशन र पुनर्गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यहरुलाई संगठित गर्नेगरी युवालक्षित अभियान सञ्चालन गर्ने ।
–मिसन ग्रासरुटले पहिचान गरेका सम्भावना भएका युवा वा सम्भावना भएका थप युवा पहिचान गरी नेतृत्व विकासको लागि पार्टी स्कुलका माध्यमबाट विशेष प्रशिक्षण कार्यक्रम (क्लोज क्याम्प) सञ्चालन गर्ने ।
अहिलेका युवाहरु ‘आफैं नेता, आफैं प्रधानमन्त्री” जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन् । सम्भावना भएका युवाहरु पहिचान गरी उनीहरुको यो अपेक्षालाई समेत सम्बोधन गर्ने ।
–“देशैभरी–छोराछोरी”को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सुरु गर्ने । ‘प्रत्येक वडा– कम्तिमा १० युवा’ कार्यक्रममार्फत् ‘वडावडाः भावी युवा नेता’ कार्यक्रम सञ्चालन गर्ने ।
९. पार्टी कार्यालयमार्फत् कामको समन्वय
जिम्मेवार नेताहरुलाई कहाँ भेट्ने भन्ने प्रश्न पनि मिसन ग्रासरुटमा उठेको छ । यसलाई सम्बोधन गर्न–
–सबै तहको पार्टी कामको महत्वपूर्ण अंगको रुपमा पार्टी कार्यालय सुदृढ र व्यवस्थित गर्ने,
–पार्टी निर्माण र कार्यकर्ता परिचालनका सन्दर्भमा मात्र होइन जनसरोकारका विषयहरुको सुनुवाई गर्ने र पैरवी गर्ने मुख्य थलोका रुपमा पनि पार्टी कार्यालयको विकास गर्ने,
–पार्टी कार्यालयमा सम्बन्धित तहको कमिटीका पदाधिकारी र जिम्मेवार व्यक्तिहरु नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउने,
–पार्टी कार्यालय पालिका तहसम्म अनिवार्य रुपमा संचालन गर्ने । पार्टी कार्यालय वडा तहसम्म विस्तार गर्ने गरी कार्ययोजना तयार गरी क्रमशः लागू गर्ने,
–केन्द्रीय कार्यालयसँग प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मकै पार्टी कार्यालयले समन्वयमा काम गर्ने । कार्यालयको कामलाई प्रविधिमैत्री बनाउने ।
१०. प्रचारात्मक काम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग
पहिले ठूला–ठूला सभा र जनपरिचालनबाट पार्टीले आफ्ना कुरा जनतासमक्ष पु¥याउँथ्यो । छरिएका भ्रमहरु चिथ्र्यो । अहिले ‘न्यू मिडिया’को रुपमा डिजिटल मिडिया र सोसल मिडया प्रभावशाली भएपछि पहिलेको प्रक्रियाले हाम्रो आवश्यकता पुरा गरिरहेको छैन । तसर्थ, पार्टीप्रति जनताको आकर्षण बृद्धि र नयाँ पुस्ताबीच पार्टीलाई विस्तार गर्न प्रचारात्मक कामलाई सुदृढ गर्नैपर्छ । यसका लागि देहायका बुँदा केन्द्रित कार्यक्रम आयोजना गर्ने–
–प्रचार र सूचना प्रवाहको कामका सोसल मिडियाको सुदुपयोग गर्ने,
–सबै प्रकारका सोसल मिडियमा सम्बन्धित तहको पार्टी कमिटी र पार्टीसम्बद्ध जनसंगठनहरुले सञ्जाल निर्माण गर्ने,
–सोसल मिडयाको लागि एकद्वार प्रणालीको विकास गर्ने,
–प्रचारको वैकल्पिक योजना तयार पार्ने । प्रत्येक प्रदेशमा एक÷एक जना केन्द्रीय सदस्यलाई प्रचारको विशेष जिम्मेवारीसहित खटाउने । प्रदेशमा खटेका केन्द्रीय सदस्यले केन्द्रीय विभाग र प्रदेशको प्रचार कार्यमा समन्वय र सहजीकरण गर्ने ।
११. प्रवासीहरूका बीचको कामलाई प्रभावकारी बनाउने
प्रवासमा हाम्रो पार्टीले वर्षौंदेखि काम गर्दै आएको छ । त्यहाँको कामलाई थप प्रभावकारी बनाउन र व्यवस्थित गर्न पार्टीको सम्बन्धित फाँटलाई निर्देशित गर्ने र फाँटले आवश्यक कार्ययोजना बनाई लागू गर्ने । कार्ययोजना बनाउँदा निम्न पक्षलाई ध्यान दिने–
–सबै तहका पार्टी र जनसंगठनहरुले आ–आफ्नो ठाउँबाट रहेका विदेशमा लामो समयसम्म रहने गरी गएका पार्टी सदस्यहरु वा सम्पर्कमा रहेका व्यक्तिहरुको जानकारी सम्बन्धित फाँटमा उपलब्ध गराउने,
–पार्टीका नेता कार्यकर्ताहरुले काम वा अध्ययनको सिलसिलामा विदेश गएका आ–आफ्नो परिवारका सदस्य वा नातेदारहरुको जानकारी सम्बन्धित फाँटमा उपलब्ध गराउने,
–सम्बन्धित फाँटले प्रवासी नेपाली संघ र हाम्रो पार्टीसँग सम्बद्ध विदेशमा क्रियाशील कुनै पनि संघसंस्थासँग उनीहरुको सम्पर्क स्थापित गराउने ।
१२. पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) समारोह
हीरक महोत्सव विविध कार्यक्रमसहित मनाइनेछ । यससम्बन्धी सम्पूर्ण कार्यक्रम अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रमका मुख्य बुँदा यसप्रकार छन्–
क. नेपाली कम्युनिष्ट आन्दोलनको आधिकारिक इतिहास लेखन
ख. लोकतन्त्र र रुपान्तरणका लागि भएका संघर्ष
ग. ७५ वर्षे यात्राको वृत्तचित्र निर्माण
घ. “शेल्टर” पुस्तक प्रकाशन
ङ. ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बद्र्धन
च. अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना