detail-img

अध्यक्ष ओलीसँग स्वीट्जरल्याण्डका राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्याप्लरले आज शिष्टाचार भेट गर्नुभयो । 
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको भेटमा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध, सहयोग र आपसी हितका विषयमा कुराकानी भएको थियो । 
भेटमा अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा रहेको समयमा भएका विकास निर्माणका कामको जानकारी गराउनुभएको थियो । 
सो अवसरमा राजदूत क्याप्लरले देशको विकास, जनताको हित र महिला अधिकारका लागि नेकपा (एमाले) को भूमिकाको प्रशंसा गर्दै देशका लागि अध्यक्ष ओलीजस्तो नेताको आवश्यकता रहेको वताउनुभएको भेटमा सहभागी नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्यले वताउनुभयो ।
राजदूत क्याप्लर आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएकाले यो उहाँको विदाई भेट पनि हो ।