detail-img

उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपत्यका विशेष प्रदेश कमिटी स्कुल विभागको आयोजनामा जेठ २५ गतेदेखि २७ गतेसम्म तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भयो । समापन तथा दीक्षान्त समारोहमा पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।


प्रशिक्षण कार्यक्रमको उद्घाटन उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले गर्नुभएको थियो । 
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज तथा पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू पेशागत विशेष जिल्ला कमिटीका इन्चार्ज बिना श्रेष्ठ, मजदुर विशेष जिल्ला कमिटीका इन्चार्ज गोविन्द दुलाल, उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका इन्चार्ज बालिका गिरी, युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज सीता लामाले प्रशिक्षार्थीलाई बधाई एवं शुभकामना मन्तव्य राख्नुभएको थियो । 
उपत्यका विशेष प्रदेश कमिटी मातहतका चार वटा जिल्ला कमिटी, इलाका कमिटीसम्मका सदस्यहरूलाई पार्टी केन्द्रीय स्कुल विभागको आधारभूत तहको पाठ्यक्रम अनुसार सञ्चालन गरिने प्रशिक्षणका लागि प्रशिक्षक तयार पार्ने उद्देश्यले गरिएको उक्त प्रशिक्षण कार्यक्रममा उपत्यका कमिटीका १० जना र चार वटा जिल्ला कमिटीहरूबाट १०÷१० जना गरी ५० जनालाई प्रशिक्षण दिइएको थियो ।  
प्रशिक्षण कार्यक्रममा पार्टी केन्दीय स्कुल विभागका सचिव घनश्याम कोइराला, केन्द्रीय सदस्य कपिल पोखरेल, डा. तत्व प्रसाद तिमल्सिना, प्रकाश श्रेष्ठका साथै उपत्यका विशेष प्रदेश कमिटी स्कुल विभागका प्रमुख डा. बाबुराम अधिकारी, प्रदेश कमिटीका उपाध्यक्ष विदुर कार्की, प्रदेश पार्टी स्कुल विभागका सचिव मिलन धरेलका साथै प्रदेश कमिटीका सदस्यहरू महेन्द्र श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, अनुप सुवेदी, वाईपी आचार्य, विनोद पाण्डे, जीवन श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।