detail-img

अध्यक्ष ओलीसँग चिनियाँ टोलीद्वारा भेटवार्ता 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चीनको आइडिसिपिसीका उपमहानिर्देशक सु मिन नेतृत्वको टोलीले भेट गरेको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आइतबार भएको भेटमा द्विपक्षीय आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो ।


भेटमा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी र परराष्ट्र मामिला विभागका सचिव डा. अन्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी, चिनियाँ टोलीमा सुका साथै आइडिसिपिसीका निर्देशक चाङ ज्युक्वीङ, उपनिर्देशक जेङ युया र तेस्रो सचिव हे हे सहभागी हुनुहुन्थ्यो ।