detail-img

अनेरास्ववियुका नेताहरूलाई प्रशिक्षण

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का लागि नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले सञ्चालन गरेको तीन दिने आवासीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
पार्टीका कार्यबाहक महासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको प्रशिक्षणमा अनेरास्ववियु केन्द्रीय नेतृत्वका ५५ जना नेताहरू सहभागी हुनुहु्न्थ्यो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक महासचिव ज्ञवालीले नैतिकता र सिद्धान्त एउटा आधारमा बाँध्ने बन्धन भएकाले त्यसलाई जीवन र जगतसँग रूपान्तर गर्नुपर्ने बताउनुभयो ।
प्राप्त जिम्मेवारीलाई निःस्वार्थ रूपमा पूरा गर्न निर्देशन दिँदै उहाँले नैतिकताको बन्धनमा बाँधिएर कर्तव्य पालना गरिए विद्यार्थी आन्दोलनलाई सही ढङ्गले अघि बढाउन सकिने र अखिलको शक्तिलाई अरु कुनै पनि शक्तिले हराउन नसक्ने विश्वास व्यक्त गर्नुभयोे ।


कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इञ्चार्ज किशोरविक्रम मल्ल र अध्यक्ष समिक बडालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यबाहक महासचिव ज्ञवालीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद र शिक्षा, अनेरास्ववियुका पूर्व अध्यक्ष  किशोरविक्रम मल्लले नेपाली विद्यार्थी आन्दोलनको अबको कार्यदिशा तथा नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पार्टी संगठन र लेखा विषयमा प्रशिक्षण दिनुभएको थियो । 
यस्तै,े जीवन र संगठन तथा पार्टी र जनसंगठनबीचको सम्बन्ध विषयमा आरएस प्याकुरेल, अनुशासन र आचरण विषयमा पार्टी स्कुल विभागका सचिवा घनश्याम कोईराला र सूचना प्रविधि र ज्ञान उपयोग विषयमा वाईपी आचार्यले प्रशिक्षण दिनुभएको थियो ।