detail-img

ललितपुरका नेकपा एसका दुईदर्जनभन्दा बढी नेताकार्यकर्ता एमालेमा फर्किए 

काठमाडौं । नेकपा एकीकृत समाजवादी ललितपुरका दुईदर्जनभन्दा बढी प्रभावशाली अगुवा कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् । 
ललितपुरको महालक्ष्मी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बन्नुभएका प्रभावशाली नेता नकुल थापा, जिल्ला कमिटी सदस्य अष्टबहादुर महर्जनसहितका अगुवा कार्यकर्ता एमालेमा फर्कनुभएको हो । 
महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङ लगायतका नेताहरूले आज ललितपुर जिल्ला कमिटीले आयोजना गरेको जिल्ला भेलामा उहाँहरूलाई खादा र अबीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।


एमालेमा फर्कनुहुनेहरूमा भरत थापा, सानुराम श्रेष्ठ, सानोबाबु थापा, असलमाया महर्जन, अप्सरा मैनाली, गोविन्द ढकाल, सूवर्ण थापा, पुतली थापा, मीरा थापा, अनु थापा, राजु थापा, सुरेन्द्रमान अमात्य,कपिल थापा, नानीकाजी थापा, आशिष कार्की, सीता पुन, देवेन्द्रप्रसाद वाग्ले, विकास थापा, रमेश केसी, कुमार राई, बलराम बस्नेत, रूपा बस्नेत, श्रीहरि कोइराला लगायत हुनुहुन्छ । यससँगै ललितपुरको महालक्ष्मी नगरपालिकाभित्रका दुईवटा सिङ्गै वडा कमिटी नेकपा (एमाले) मा समाहित भएको वताइएको छ । 
उहाँहरू पुरानो घर फर्केकोमा जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित पार्टीका कार्यकर्ताले उत्साहका साथ स्वागत गरेका थिए ।