detail-img

दार्चुला जिल्ला कमिटीको नवौं अधिवेशन शुरू

दार्चुला । नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीको नवौँ अधिवेशन शुरू भएको छ । 
पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुधबार (२०८० पुस १८ गते) अधिवेशनको उद्घाटन गर्नुभयो । 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले दार्चुला जिल्लाको समग्र विकास एमालेले मात्र गर्ने बताउनुभयो । 
उहाँले नेकपा (एमाले)ले सरकारको नेतृत्व गरेको समयमा गरेका सडक लगायत पूर्वाधार निर्माणका कामको चर्चा गर्दै दार्चुलाको विकासका लागि नेकपा (एमाले)को सरकार बन्नुपर्ने र त्यसका लागि जिल्लाका नेताकार्यकर्ता मिसन–२०८४ लाई केन्द्रमा राखी एकताबद्ध ढङ्गले क्रियाशील हुनुपर्ने बताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले बर्तमान गठबन्धन सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शुरू गरेका विकास निर्माणका काम ठप्प पारेको बताउनुभयो । उद्घाटन समारोहमा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सहदेव वोगटीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । 
नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षता उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन हुने छ । अधिवेशनमा झण्डै साढे चार सय प्रतिनिधि सहभागी छन् ।