detail-img

अनेमसंघ गुल्मीको ११औँ अधिवेशन माघ २६ र २७  गते 

गुल्मी । अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ जिल्ला अधिवेशन यही माघ २६ र २७ गते तम्घासमा हुने भएको छ ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजना समेत निर्माण गरेको छ । अधिवेशनका लागि माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।
अधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सावित्रा खड्काका अनुसार माघ २० गते १२ वटै पालिका र वडामा एकैदिन प्रतिनिधि छनौट हुनेछन् । बैठकले अधिवेशन व्यावस्थापनको जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।
प्रतिवेदन लेखन उपसमितिको संयोजन कार्यवाहक अध्यक्ष सपना पन्थी, आर्थिक परिचालन उपसमितिमा कोषाध्यक्ष लक्ष्मी पन्त, आवास तथा भोजन उपसमितिमा रीता बराल, प्रतिनिधि व्यवस्थापन उपसमितिमा सपना पन्थी र बिष्णु विक, मञ्च तथा हल व्यवस्थापनमा शान्ता पोख्रेल, सांस्कृतिक कार्यक्रम उपसमितिमा अन्जु कँडेल, स्वयम्सेवक परिचालन उपसमितिमा विमला केसी, आर्थिक प्रतिवेदन संयोजकमा लक्ष्मी पन्त र प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्का रहनुभएको छ । 
बैठकमा एमाले नेताहरु दिनेश पन्थी, बालसिंह काउछा, राजेन्द्र अर्याल, ललिता गौतम, लक्ष्मी पन्त लगायतले मन्तव्य राख्नुभएको थियो । बैठक कार्यवाहक अध्यक्ष सपना पन्थीको अध्यक्षता र सचिव बिष्णु विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

अनेरास्ववियुको संयोजकमा अर्याल


यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला सम्मेलन आयोजक कमिटी गुल्मीको संयोजकमा उदयनन्द अर्याल चयन हुनुभएको छ ।
यस अघि संयोजक रहेका अनेरास्ववियुका नेता शोभाखर गिरी प्रदेश कमिटी सहसचिव भएपछि सम्मेलनको लागि नयाँ कमिटी विस्तार गरिएको हो । संगठनको भेलाबाट अर्यालसहित विभिन्न व्यक्तिहरूको नयाँ जिम्मेवारी तोकिएको हो ।
कमिटीको सहसंयोजकमा आशिष गौतम र नीलकण्ठ पाण्डेय रहनुभएको छ भने कार्यालय सचिवमा निशान टण्डन र कार्यालय सदस्यहरूमा सरोज ढेङ्गा, प्रदीप भण्डारी, सिर्जना गिरी, नमूना थापा रहनुभएको छ । 
कमिटी सदस्यहरूमा इन्दु बन्जाडे, मनसुन विक, लक्ष्मी ज्ञवाली, यमुना ज्ञवाली, गणेश श्रेष्ठ, प्रदीप ज्ञवाली, सन्तोष सनारी, भरतमोहन मरासिनी, भगवती रायमाझी, बबिता थापा र निर्मला घिमिरे हुनुहुन्छ । 
भेलामा नेकपा (एमाले)का जिल्ला अध्यक्ष बालसिंह काउछा, अनेरास्वावियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा, एमाले नेताहरू राजेन्द्र अर्याल, गणेश श्रीपाली, हिरा एसी, ओम कार्की,  नविन अर्याल, शोभाखर गिरी लगायतको उपस्थिति रहेको थियो ।