detail-img

नेकपा (एमाले) दोलखाको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ 

दोलखा । नेकपा (एमाले) दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) दोलखाको विहीबार सम्पन्न १०औं मा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँले ३३३ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गर्नुभयो । 
यो श्रेष्ठको दोस्रो कार्यकाल हो ।  उहाँ नवौंं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी हुनुभएको छ । मानन्धर ३३६ मतसहित विजयी हुनुभएको हो । उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाउनुभयो । 
यस्तै सचिवमा स्वयमवहादुर खड्का ३०४ मत प्राप्त गरी बिजयी हुनुभएको छ । सचिवका अर्का उम्मेदवार कृष्ण वस्नेतले २८४ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित हुनुभएको छ ।