detail-img

महोत्तरीको अधिवेशन सम्पन्नः अध्यक्षमा यादव निर्वाचित 

काठमाडौं । नेकपा (एमाले) महोत्तरी जिल्ला कमिटीको छैटौँ अधिवेशन बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । 
नेतृत्व चयनका लागि भएको निर्वाचनमा यादलले २५९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का उम्मेदवार शिवचन्द्र सिंहले १५५ मत प्राप्त गर्नुभयो । सबै पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुभएको छ ।   
सो अनुसार उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम, सचिवमा शम्भु ठाकुर र दुईजना उपसचिवमा फेकन राम चमार र बिन्दु किङरिङ  निर्वाचित हुनुभएको छ । 
लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाह निर्वाचित हुनुभएको छ ।