detail-img

एकीकृत समाजवादीका दुई केन्द्रीय नेता एमालेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ नेकपा (एमाले)मा फर्कनुभएको छ । 
अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले मङ्गलबार उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो । उहाँहरू तनहुँका स्थायी बासिन्दा हुनुहुन्छ । 
अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा नेकपा एकीकृट समाजवादी कुनै पार्टी नभएर पापकुण्ड भएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– तपाईँहरू पापकुण्डबाट मुक्त हुनुभएको छ । देशका विरुद्ध काम गर्ने समूह, कम्युनिष्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो । 
उहाँले फेरि आफ्नै घर फर्किएर बुद्धिमतापूर्ण काम गरेको भन्दै धन्यवाद भन्नुभयो– तपाईंहरू त्यहाँ बसिरहेको भए आफ्नो पनि पार्टी जीन्दगी खेर जान्थ्यो । त्यो खेर जाँदै गर्दा देशका लागि अहित पनि हुँदै जान्थ्यो ।   
अध्यक्ष ओलीले पार्टीमा जिम्मेवारी पाइँदैन कि भनेर चिन्ता नलिन आश्वस्त पार्दै जति ठूलो जिम्मेवारीको भारी बोक्न चाहनुहुन्छ, त्यति नै ठूलो जिम्मेवारीको भारी बोकाइन्छ भन्नुभयो ।