detail-img

केपी ओली कप फुटबल प्रतियोगिता सुरु 

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा शुक्रबारदेखि केपी ओली कप फुटबल प्रतियोगिता सुरू भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको उद्घाटन गर्नुभयो । 
उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उहाँकीपत्नी राधिका शाक्य, पार्टीका नेताहरूको उपस्थिति रहेको थियो । , 
प्रतियोगितामा ए डिभिजनका सात टिमका साथै दुई विदेशी टिम भारतको  दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी १० टीमले भाग लिएका छन् । 
विजेता टीमले ११ लाख रुपियाँ र दोस्रो हुनेले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।