detail-img

धर्म र जातको नाममा अशान्ति फैलाउनेप्रति सचेत हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा धर्म र जातको नाममा अशान्ति फैलाउनेप्रति सचेत हुनुपर्ने बताउनुभएको छ ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको आज आयोजित समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ता महायज्ञ मार्फत सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– देशमा धर्म र जातका नाममा अशान्ति फैलाउने, समाजलाई भड्काउने कोसिस भइरहेकाले यसतर्फ सजग हुनुपर्दछ । 
नेपाल धार्मिक तथा सामाजिक सहिष्णुता भएको देश भएको बताउँदै अध्यक्ष ओलीले नेपालमा जबै जातजाति, धर्म समुदाय मिलेर बसेको बताउनुभयो । धर्मको नाममा कतिपय देश विभाजित भएका भए पनि नेपालमा धर्म र जातजातिले नै राष्ट्रिय एकता कायम गरेको बताउनुभयो । 
उहाँले पञ्चकोट धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित हुँदै गएकाले यसलाई थप विकसित गर्दै लैजानुपर्ने बताउनुभयो ।