detail-img

मन्त्रिपरिषद् विस्तार, एमालेबाट उपप्रधानमन्त्रीसहित आठ मन्त्री नियुक्त 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । 
आज भएको मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठको नेतृत्वमा आठ जनाले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । 
सरकारमा नेकपा (एमाले)ले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ । सो अनुसार सचिव महासेठ उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएको छ । 
त्यसैगरी, पदम गिरी (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री),  ज्वालाकुमारी साह (कृषि तथा पशुपन्छी विकासमन्त्री), बलराम अधिकारी (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री),  दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री), भगवती चौधरी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), राजेन्द्रकुमार राई (खानेपानीमन्त्री) र हरिप्रसाद उप्रेती  (रक्षामन्त्री)  नियुक्त हुनुभएको छ ।