detail-img

बाग्मती र उपत्यका विशेष प्रदेश कमिटीका लागि अनुगमन तथा प्रशिक्षण सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले सबै प्रदेश कमिटीहरूका लागि अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम दुई प्रदेश कमिटीका प्रशिक्षण सम्पन्न गरेको छ । 
आयोगले आज (२०८० फागुन २५ गते) पार्टीको उपत्यका विशेष प्रदेश कमिटी र हिजो बाग्मती प्रदेश कमिटीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्यो । दुवै प्रदेश कमिटीको प्रश्क्षिण आ–आफ्ना व्यवस्थापनमा नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएका छन् ।


प्रशिक्षणमा आयोगका अध्यक्ष केशवप्रसाद वडालले पार्टी, संगठन, अनुशासन र नेतृत्व विषयमा र आयोगका सचिव प्रा.डा. भरत पहारीले अनुशासन र आचारसंहिता विषयमा प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षणमा प्रदेश कमिटीका सचिवालय सदस्यहरू र उक्त प्रदेश अन्तर्गतका जिल्ला कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरूलाई विभिन्न सातवटा शीर्षकमा आयोगले तयार गरेको मूल्याङ्कन प्रतिवेदन भर्न लगाई सङ्कलन गरिएको थियो । 
मूल्याङ्कन फाराममा व्यक्तिगत तथा सम्पत्ति विवरण अद्यावधिक गर्ने काम, पार्टीको नीति, सिद्धान्त, विधान र निर्णय कार्यान्वयन गर्ने काम, पार्टी हितसम्बन्धी काम, पार्टीको नेतृत्व स्थापित गर्नेसम्बन्धी काम, पार्टीलाई अनुशासिन बनाउने काम, संगठनको भूमिका लागि स्थापित गर्ने काम र पार्टीको लोकप्रियतासम्बन्धी अन्य काम के कस्ता भइरहेको छ भन्ने कुरा जान्न सकिने गरी प्रश्नावली समावेश गरिएको छ ।