detail-img

एकता मञ्च र जनसम्पर्क समितिमा क्रियाशील २३ जना प्रवासी नेपाली संघमा प्रवेश 

काठमाडौं । अखिल भारत नेपाली एकता मञ्चका नौ जना नगर कार्यकर्ता प्रवासी नेपाली संघ, भारतमा प्रवेश गरेका छन् । 
त्यसैगरी नेपाली जनसम्पर्क समितिको क्षेत्रीय समितिका पूर्व उपाध्यक्षसहित १४ जना कार्यकर्ता र समर्थक पनि प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई शुक्रबार नेकपा .(एमाले)का केन्द्रीय सदस्य तथा संघका इन्चार्ज हरि घिमिरेले स्वागत गर्नुभयो । 
यसैगरी प्रवासी नेपाली संघ भारतले अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । भारतका विभिन्न राज्यहरूमा प्रवासी नेपालीहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको घिमिरेले जानकारी गराउनुभयो ।