detail-img

कालिकोट, सोलुखुम्बु र बारा जिल्ला अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)का कालीकोट, सोलुखुम्वु र बारा जिल्ला कमिटीका अधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएका छन् । 
कालिकोट जिल्लाको ११ औं अधिवेशनबाट अध्यक्षमा तुलाराज मल्ल निर्वाचित हुनुभएको छ ।

नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । उपाध्यक्षमा टेकबहादुर बुढा, सचिवमा पुष्पराज आचार्य, उपसचिवमा पबित्रकुमार शाही र ताराकुमारी शाही विजयी हुनुभएको छ ।


यसैगरी, नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न आठौं जिल्ला अधिवेशनबाट बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । 
यस्तै उपाध्यक्षमा आशकुमार राई, सचिवमा कल्पना राई, उपसचिवद्वयमा मिङमाछिरी शेर्पा र मोहनकुमारी कार्की निर्वाचित हुनुभएको छ ।


यस्तै, नेकपा (एमाले) बाराको अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित हुनुभएको छ । 
जिल्ला कमिटीको उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाइं, उपसचिवद्वयमा भावना आचाय र जहावीर अन्सारी निर्वाचित हुनुभएको छ ।