detail-img

स्थायी कमिटी सदस्य कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

सुर्खेत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सभामा एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कँडेललाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले)का नौ, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एसका एक जना सांसदले समर्थन गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ ग्रहण बुधबार हुने भएको छ ।